रुखले च्यापिएर महिलाको मृत्यु
नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा रूखले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
शनिबार दिउँसो ३ बजेको समयमा स्थानीय श्रृष्टी सामुदायिक वनभित्र रहेको घोलामा माछा मार्ने क्रममा सुकेको सिसौको रुख ढल्दा च्यापिएर पार्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् बिशाल चौधरी सहित माछा मार्न गएकी २७ वर्षिया पार्वतीलाई सुकेको सिसौको रुख ढलेर गर्दनमा लागेको थियो । घाइते उनलाई चिसापानी अस्पताल बर्दघाटमा पुर्याइएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहारी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमाका लागि शब पृथ्वीचन्द्र अस्पतालमा परासीमा पठाइएको प्रहरीले जनाएको छ ।