रामपुर साहित्यिक प्रतिष्ठानको प्रथम अधिवेशन तथा साधारण सभाद्दारा नयाँ नेतृत्व चयन
पाल्पा ।
रामपुर साहित्यिक प्रतिष्ठानको प्रथम अधिवेशन तथा साधारण सभाले प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको छ ।
रामपुर ७ किसानबारीको योगहलमा भएको अधिबेशनले अध्यक्षमा मित्रलाल गौतम, उपाध्यक्षमा हुमा देवकोटा र नोलराज भण्डारी, सचिवमा दिपकमणि अर्याल, सहसचिवमा सरिता रेग्मी, कोषाध्यक्षमा कुन्तादेवी गैह्रे र सदस्यहरूमा पुरुषोत्तम पौडेल, तारा सिडाई, कला पंगेनी पोख्रेल, मनोज घर्ती मगर, वसन्त बहादुर थापा, रिता गौतम, सुदिप दुवाडी, वासुदेव उपाध्याय ढुङ्गानालाई चयन गरेको छ ।
प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले साहित्य शिक्षा र समाजको ऎना भएको बताउनुभयो ।
कार्यक्रममा वासुदेव शरण उपाध्याय, कृष्णकला भण्डारी
नोलराज भण्डारी, केदारप्रसाद बस्याल, क्या. धनबहादुर राना, आनन्द प्रसाद भण्डारी, लक्ष्मण प्रसाद आचार्यले बोल्दै साहित्य सिर्जनाबाट समाज र अबस्थालाई नजिकबाट नियाल्न सकिने भन्दै बोलेर र भनेर नहुने काम साहित्यको बाणीबाट हुने सामर्थ्य साहित्य रचनाले राख्ने गरेको बताएका थिए ।
अधिबेशन तथा साधारण सभामा १९ जना स्रष्टाहरुले साहित्य रचना बाचन गर्नुभएको समीर पौडेलले बताउनुभयो ।
कार्यक्रम सञ्चालन संस्थाका सल्लाहकार लेखनाथ मरासिनीले सञ्चारलन गर्नुभएको हो ।