2

Logo २०८३ बैशाख १४ सोमबार
पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी

पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २७ २०८१
778

झापाको अर्जुनधारा नगरपालिकामा पुजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् ।

अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका अधिकांश बासिन्दा बिरामी भएका हुन् । स्थानीय रीता निरौलाकोमा बुधबार लगाइएको पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।

प्रसाद खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् ।  अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

स्थानीय कटवालका अनुसार पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र पखाला भएको थियो । ज्वरो पनि आएको छ । पुजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com