बिजयपुर बजारको २३ औं तीजगीत प्रतियोगिता सकियो
पाल्पा ।
बिजयपुर बजार ब्यवस्थापन समिति रामपुर नगरपालिका वडा नम्बर, ६ पाल्पाको आयोजनामा २३ औं खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।
बिजयपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष बोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुुख अतििथि समाजसेवी एबं प्रथम पुरस्कार सैाजन्य तिलकुमारी उपाध्याय रेग्मीले मौलिक गीत र सस्क्कृति जोगाउन तीजगीत प्रतियोगिताको महत्व रहेको बताउनुभयो । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा क्षेत्री समाज रामपुरको समुह प्रथम भएको छ । त्यसैगरी द्दितिय रामपुर, ६ को मिना पाठककाे समुह , तृतीय दामाचौर बजार स्याङ्जाको राममायाँ कुमालको समुह र सान्तवना रामपुर, ६ को बिना घिमिरेको समुह भएको निर्णायक मण्डलका संयोजक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, दित्तीय ,तृतीय र सान्तवना हुने समूहले क्रमश: नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले प्रतियोगीहरुको प्रस्तुतिले समाजका वास्तविक घटना, समाजका बिकृति बिसङ्गती, देशको अबस्था, महिलाहरुका समस्या लगायतका विषयमा गितको माद्यमबाट उजागर गरेको बताउनुभयो । नगर प्रमुख थापाले नेपालीहरुको संस्कार र संस्कृती जोगाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहकार तथा समाजसेवी बिष्णुमायाँ ढकालले महिलाको बेदना मात्र नभई हौसला, अबसर र स्थायित्वका लागि अग्रसर बनाएको बताउनुभयो । उहाँले तिज पर्वको मौलिकता र परम्पराको जगेर्ना गर्न यस्ता कार्यक्रम आबश्यक रहेको बताउनुभयो ।
बिजयपुर बजारको चौरमा भएको कार्यक्रमको संचालन पत्रकार सीता डाेटेलले गर्नुभएको थियोे भने स्वागत मन्तव्य बिजयपुर बजार ब्यबस्थापन समितिका सदस्य रबि भण्डारीले गर्नुभएको हो । सोही कार्यक्रममा रामपुर ६ को नेवा समुहको लाखे नाच समेत देखाइएको थियो ।