2

Logo २०८३ बैशाख १३ आइतबार
असोज ३ सम्म काठमाडौँ नछाड्न आफ्ना सभासदहरुलाई निर्देशन

असोज ३ सम्म काठमाडौँ नछाड्न आफ्ना सभासदहरुलाई निर्देशन


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
1.3K

नेकपा एमालेले आउँदो असोज ३ सम्म आफ्नो सांसदहरूलाई काठमाडौँ नछाड्न निर्देशन दिएको छ।

आज बिहान संसदीय दलबाट सांसदहरूलाई फोन गरिएको छ। ‘हामीलाई म्यासेज आएको छ। किन भन्ने खुलाइएको छैन,’ एमालेका एक सांसदले भने,‘केही नयाँ घटना घट्दैछ कि भन्ने अनुमान छ।’

यता, एमाले प्रमुख सचेतक महश बर्तौलाले पनि सर्कुलर पठाइएको पुष्टि गरे। उनले यसबारे थप खुलाउन चाहेनन्। उपसभामुख इन्दिरा रानालाई हटाउनेगरी एमालेसहित सत्ता गठबन्धन लागेको बताइएको छ।

सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्‌मा बहुमत नहुँदा निर्णय गर्न अप्ठ्यारो पर्ने भएकाले उपसभामुख रानामगरलाई हटाउनुपर्ने प्रस्ताव गरेका हुन् । उनलाई प्रक्रिया पुर्‍याएर हटाएर उपसभामुख कांग्रेसलाई दिने प्रधानमन्त्री ओलीको तयारी छ । उपसभामुख रानामगरलाई हटाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा कांग्रेसले पनि समर्थन जनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com