2

Logo २०८३ बैशाख १४ सोमबार
बिजयपुर बजारको २३ औं तीजगीत प्रतियोगिता सकियो

बिजयपुर बजारको २३ औं तीजगीत प्रतियोगिता सकियो


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
484

पाल्पा ।

बिजयपुर बजार ब्यवस्थापन समिति रामपुर नगरपालिका वडा नम्बर, ६ पाल्पाको आयोजनामा २३ औं खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ ।

बिजयपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष बोमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुुुख अतििथि  समाजसेवी एबं प्रथम पुरस्कार सैाजन्य तिलकुमारी उपाध्याय रेग्मीले मौलिक गीत र सस्क्कृति जोगाउन तीजगीत प्रतियोगिताको महत्व रहेको बताउनुभयो । ९ टिमको सहभागिता रहेको प्रतियोगितामा क्षेत्री समाज रामपुरको समुह प्रथम भएको छ । त्यसैगरी द्दितिय रामपुर, ६ को मिना पाठककाे समुह , तृतीय दामाचौर बजार स्याङ्जाको राममायाँ कुमालको समुह र सान्तवना रामपुर, ६ को बिना घिमिरेको समुह भएको निर्णायक मण्डलका संयोजक डिल्लीराम रेग्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दित्तीय ,तृतीय र सान्तवना हुने समूहले क्रमश: नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले प्रतियोगीहरुको प्रस्तुतिले समाजका वास्तविक घटना, समाजका बिकृति बिसङ्गती, देशको अबस्था, महिलाहरुका समस्या लगायतका विषयमा गितको माद्यमबाट उजागर गरेको बताउनुभयो । नगर प्रमुख थापाले नेपालीहरुको संस्कार र संस्कृती जोगाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहकार तथा समाजसेवी बिष्णुमायाँ ढकालले महिलाको बेदना मात्र नभई हौसला, अबसर र स्थायित्वका लागि अग्रसर बनाएको बताउनुभयो । उहाँले तिज पर्वको मौलिकता र परम्पराको जगेर्ना गर्न यस्ता कार्यक्रम आबश्यक रहेको बताउनुभयो ।

बिजयपुर बजारको चौरमा भएको कार्यक्रमको संचालन पत्रकार सीता डाेटेलले गर्नुभएको थियोे भने स्वागत मन्तव्य बिजयपुर बजार ब्यबस्थापन समितिका सदस्य रबि भण्डारीले गर्नुभएको हो । सोही कार्यक्रममा रामपुर ६ को नेवा समुहको लाखे नाच समेत देखाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com