2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को  शुभमुहूर्त सम्पन्न  

नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को  शुभमुहूर्त सम्पन्न  


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
2.9K

नेपाली कथानक चलचित्र  ‘ज्ञान शास्त्र’को आइतवार ईच्छाकामना गाउँ पालिकाको दारेचोकमा अवस्थित ईच्छाकामनामा मन्दिरमा आइतवार शुभमुहूर्त गरिएको छ । ऋषि पंचमीको अवसर पारेर पूजाआजासहितको मुहूर्तमा फिल्मका प्रमुख कलाकार समिर झा र स्मारिका ढकालले मुहूर्त सट दिनुभएको हो ।

शुभमुर्हत समारोहमा स्मारिका ढकाल र समिरखानको अलावा निर्देशक दिनेस कुंवर, निर्माता प्रेम बहादुर श्रेष्ठ, लेखक आभास राना , निर्माण नियन्त्रक भोला सुवेदी (प्रणब) का साथै  कलाकारहरु अनुज गुप्ता, साजल बर्तौला, साजन कार्की  लगायतको उपस्थिती रहेको थियो |

विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने छ ।

पछिल्लो समय टिकटकहुदै मोडलिंङ खेत्रमा अत्यधिक  चर्चामा आउनुभएकी स्मारिका ढकालले यस चलचित्रबाट  सिने क्षेत्रमा डेब्यु गर्न लाग्नुभएको हो । यस्तै, चलचित्रको मुख्य कलाकारमा सुशील पोख्रेल, सुरवीर पण्डीत, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याललगायत रहनुभएको छ ।

आभास रानाको लेखेन रहेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुवेदी (प्रणब) रहनुहुनेछ भने मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल हुनुहुन्छ । त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियार भर्नुहुनेछ भने चलचित्रलाई विष्णु परियारले छायांकन गर्दै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com