आज पनि घट्यो नेप्से परिसूचक
नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउदा ओरालो २६३२. ९४ विन्दुमा रोकिएको छ । आज ३२८ कम्पनिको कारोबार हुदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मुल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको नै सबैभन्दा बढी १६ लाख ६४ हजार ८५ कित्ता शेयर कारोबार भएको छ ।
सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५ अंकले झरेको थियो । यो साताको तीन दिनमा मात्रै परिसूचक ६९ अंकले घटेको छ । आइतबार २७०१ बिन्दुमा रहेको बजार मंगलबार २६३२ अंकका ओर्लिएको छ । मंगलबार कारोबार रकम पनि घटेको छ । यसअघि १० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको थियो । मंगलबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार व्यापार उपसमूहको सूचक ०.७९ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको छ । मंगलबार कारोबार भएकामध्ये १७० कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यस्थिर रह्यो भने ६७ कम्पनीको मूल्य बढेको छ ।
मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले मंगलबार हाइड्राइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी शीर्षमा रह्यो । यसको कुल २९ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । कारोबार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १७७ कायम भएको छ ।