2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर नगरपालिकाको तीजगीत प्रतियोगितामा क्षेत्री समाज प्रथम

रामपुर नगरपालिकाको तीजगीत प्रतियोगितामा क्षेत्री समाज प्रथम


Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र १९ २०८१
2.5K

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागीहरुले गीत मार्फत नगरको वर्तमान अवस्था, सम्भावना तथा विकासका कार्यलाई गति दिन चाल्नु पर्ने कदम, नागरिकको भुमिका सहित महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या लगाएतका विषयवस्तु प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आपसी सद्भावलाई जोड्न संस्कृतिको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । ‘हामीले मनका सद्भावहरु जोड्न सकेनौ भने हाम्रो विकास अधुरो हुन्छ । हाम्रा सम्बन्धलाई जोड्न र प्रगाढ बनाउन पनि हाम्रा कला संस्कृतिको जगेर्ना गर्नु पर्छ- उहाँले भन्नुभयो । मुलुकको ७ सय ५३ स्थानीय तह मध्ये २५ स्थानीय तह महिलाको नेतृत्वमा रहेको भन्दै यसरी नै महिलाहरुलाई हरेक क्षेत्रमा अघि बढाउन सबैको भुमिका रहने उहाँको भनाई थियो ।

निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले तीजको मौलिक पनको संरक्षण गर्दै भड्कीलो रुपमा नभै सभ्य रुपमा मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाले तिवारी आमा लक्ष्मी तिवारीलाई नगद सहित सम्मान गरेको छ । मौलिक तिजको भाकाको संरक्षण संगै गित संगितको माध्यम बाट रामपुरलाई चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै नगद १५ हजार सहित दोसला ओढाई सम्मान गरेको हो । प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष पाण्डे, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले उहाँलाई सम्मान गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतमा भएको कार्यक्रम नगरकार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत र न्यायिक समितिका सचिव पार्वती परियारको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com