2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल शिक्षक संघ रामपुरद्दारा देवघाटमा प्रशिक्षण सहितको स्वमन्थन कार्यक्रम

नेपाल शिक्षक संघ रामपुरद्दारा देवघाटमा प्रशिक्षण सहितको स्वमन्थन कार्यक्रम


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र १५ २०८१
2.4K

पाल्पा ।

नेपाल नेपाल शिक्षक संघ रामपुर पाल्पाले धार्मिक स्थल देवघाटमा प्रशिक्षण सहितको स्वमन्थन कक्षा सञ्चालन गरेको छ ।

रामपुर नगरपालिका स्तरीय शिक्षक संघले नगरका शिक्षकलाई शिक्षामा उत्प्रेरणा जगाउन प्रशिक्षणको आयोजना गरेको हो । पछिल्लो समय आचरणमा आएको परिवर्तन र आधुनिकताले गर्दा शिक्षक विद्यार्थीमा परेको प्रभावमा यसको सकारात्मक पहलका लागि कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा रामपुर नगरपालिका भित्रका शिक्षक संघमा रहनुभएका शिक्षकहरु, पाल्पा जिल्ला नेपाल शिक्षक संघ, पाल्पाका सबै पालिकाका नेपाल शिक्षक संघका अध्यक्ष सचिव सहित प्रतिनिधि, रामपुर नगरपालिका प्रमुख सहितको टिम र नेपाली काङ्ग्रेस रामपुर नगरको प्रतिनिधिमुलक टिम सहभागी रहेको नेपाल शिक्षक संघ रामपुरका अध्यक्ष डोलराज रेग्मीले बताउनुभयो ।

शुक्रबार साझ हरिहर सन्यास आश्रममा परमानन्द सस्कृत विद्यापिठका प्राचार्य स्वामी सचितानन्द सरस्वती जि महाराजले स्वागत सहित प्रबचन दिनुभएको थियो ।

शनिबार बिहान अबेरसम्म शिक्षा संग रहेर नेपालका बिद्द्त व्यक्ति सस्कृत बिश्वबिद्धालय प्रध्यापकहरुबाट कक्षा सन्चालन हुने नेपाल शिक्षक संघ रामपुरका सचिव दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा १ सय ८० जनाको सहभागिता छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com