2

Logo २०८३ बैशाख १३ आइतबार
मुख्यसचिवमा स्याङ्जाका एकनारायण अर्याल नियुक्त

मुख्यसचिवमा स्याङ्जाका एकनारायण अर्याल नियुक्त


Sabalnews प्रकाशित मिति : शुक्रबार, भाद्र १४ २०८१
1K

स्याङ्जा ।

सरकारले नयाँ मुख्यसचिवको रुपमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।‌

मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार (भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन्।

स्याङ्जा पुतलीबजार जन्मघर रहेका मुख्यसचिव एकनारायण अर्याल स्याङ्जा जिल्लाले मुख्यसचिवको रुपमा पाएका दोस्रो व्यक्ति हुन्। यसअघि निजामती सेवाको सर्वोच्च पद मुख्यसचिवमा स्याङ्जाबाटै लोकदर्शन रेग्मी पुगेका थिए भने हाल उनी राजदूतको रुपमा कार्यरत छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com