2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल पत्रकार महासंघद्दारा पाल्पाका २१ पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघद्दारा पाल्पाका २१ पत्रकार पुरस्कृत


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
792

पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पामा स्थापित विभिन्न विधाका पुरस्कारबाट पाल्पाका २१ पत्रकार पुरस्कृत भएका छन् ।

विभिन्न समयमा महासंघमा स्थापित पुरस्कारबाट एक कार्यक्रम गरि महासंघले पुरस्कार बितरण गरेको हो ।

लुम्विनी मेडिकल कलेजबाट स्थापित राष्ट्रिय पत्रकारीता पुरस्कार बाट शाखाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, मेघ गोविन्द, झपेन्द्र पत्रकारीता पुरस्कारबाट शाखाका संस्थापक सचिव भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा (मिलन) र मुक्ति न्यौपाने, जिल्ला समन्वय समितिबाट स्थापित श्रीजनशिल पत्रकारीता पुरस्कारबाट मिलन विक, कृष्ण दर्नाल र सीता डोटेल, रामपुर नगरपालिकाबाट स्थापित ग्रामिण पत्रकारीता पुरस्कारबाट रमा भण्डारी र शुसिला रेग्मी, सामाजिक जागरण पत्रकारीता पुरस्कारबाट दयाराज न्यौपाने र मानवअधिकार पत्रकारीता पुरस्कारबाट नारायाण न्यौपाने पुरस्कृत हुनुभएको हो ।

यसैगरी पत्रकार महासंघ पाल्पाले लेखनबृत्ति पत्रकारीता पुरस्कारबाट विरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, रिमा सोमै, सुनिल कार्की र धन बहादुर ठाडालाई पुरस्कृत गरेको छ । पुरस्कार छनौटको लागी सबै विधामा उप समितीहरु गठन भएका थिए । उप समितीले गरेको सिफारिसको आधारमा महासंघ पाल्पाले पत्रकारहरु लाई पुरस्कृत गरेको हो ।

पत्रकारलाई लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरस्कार प्रदान गर्नुहुदै पत्रकारको भुमिका महत्त्वपूर्ण भएकोले सकारात्मक र सुधारउन्मुख बिषय उठान गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले कार्ययोजना तयार भएको पहिलेको बजेटलाई कार्यान्वयन गर्ने पाटोमा आफुहरु लागेको समेत बताउनुभयो ।

बरिष्ट पत्रकार मेघराज शर्माले पत्रकारिता समाजको स्पष्ट धार भएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश सभाका सभामुख तुल बहादुर घर्ती बसन्तले खबरदारी र जिम्मेवारीमा पत्रकार सदैव कर्मशील हुनुपर्ने बताउनुभयो । उहाँले राज्यको चौथो अङ्ग पत्रकार भनिएपनि लिखित तर्क नभएको बताउदै लिखित बैधानिक बनाउन लाग्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बिकास योजनालाई पनि समाचारका बिषय बनाउनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभा सदस्य नारायण आचार्यले आलोचना होइन अब सबै जिम्मेवार हुनुपर्छ भन्नुभयो।

लुम्बिनी प्रदेशका आर्थिक तथा मामिला मन्त्री धनेन्द्र कार्कीले इतिहासमा पाल्पा अगाडी भएकोमा पछिल्लो समय पछि परेको हो कि? भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले महिला पत्रकारलाई अगाडि बढाउन आबश्यक रहेको औल्याउनुभयो ।  सारुले शिक्षा र स्वास्थ्यमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरि बुवा स्व. जङ्ग बहादुर सारुको स्मृतिमा २५ हजार ५ सयको अध्यक्षकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।
पुर्व मन्त्री वीर बहादुर रानाले पत्रकारिता खबरदारी संगै सकारात्मक बिषय उठान गर्ने भएकोले व्यक्तिबादी नभई पेशागत कर्तव्यनिष्ट हुनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पत्रकारको भुमिका राज्यको हरेक अबस्थामा उत्कृष्ट रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नगद, माला र प्रमाणपत्रले पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमल्सीनाको संचालनमा भएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com