सुत्केरी आमालाई प्रोत्साहन स्वरुप पौष्टिक आहार
पाल्पा ।
स्वास्थ्य सस्थामा आएर सुत्केरी हुने आमालाई स्वास्थ्य सस्थाबाट फर्कदा पौष्टिक आहार प्रदान गरेको छ ।
रामपुर न.पा. २ मा रहेको गाडाकाेट स्वास्थ्य चौकीमा सुत्केरी भए बापत प्रोत्साहन स्वरुप सुत्केरी आमालाई आमा र बच्चाको पाेषणको लागि १ क्रेक अन्डा, १ माना घिउ र १ वटा कुखुराको भाले वितरण गर्न थालिएको हो ।
स्वास्थ्य सस्थामा नियमित जाच सुत्केरी हुनुपर्छ भन्ने सचेतना र आमा बच्चा सुरक्षितको लागि प्रोत्साहन गरिएको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवका पोखरेलले बताउनुभयो । सुत्केरी आमालाई पौष्टिक आहार प्रदान गर्दै पोखरेलले नियमित स्वास्थ्य अबस्थामा ध्यान दिन अनुरोध गर्दै खानपान र सरसफाइमा ख्याल गर्न आग्रह गर्नुभयो ।
साथै एक तर्फी एम्बुलेन्स सेवा पनि प्रदान गरेको स्वास्थ्यचौकीका प्रमुख मजिबुर रहमान शेखले जानकारी दिनुभयो ।