समाजसेवी ओकेबाजेद्वारा विद्यालय भवन बनाउन सहयाेग
पाल्पा ।
जापानी समाजसेवी काजुमासा काकीमी ओकेबाजेले तानसेन नगरपालिका वडा न १२ मा रहेको सार्वजनिक प्राथमिक विद्यालयलाई भवन्न निर्माण गर्न सहयोग गर्नुभएको छ ।
ओकेबाजेले विद्यालयको भवन निर्माण गर्नको लागि नगद तीन लाख रुपैया प्रदान गर्नुभएको हो । साथै उहाँले विधार्थीहरुलाई कापी कलम र खेलकुदका सामग्री समेत प्रदान गर्नुभयो । यसै गरी ओकेबाजेले विद्यार्थीहरुले तयार पारेको भित्ते पत्रिकाको तेश्रो अंकको विमोचन गर्नुभएको छ ।
विद्यालय ब्यवस्थापन समितिमा अध्यक्ष रामचन्द्र नेपाललाई चेक हस्तान्तरण गर्दै ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयहरुलाई सहयोग गरेको उल्लेख गर्दै यहाँको शिक्षा स्वास्थ्य लगायत जीवनस्तर जोडिएको हरेक कार्यमा सहयोग गर्न पाउँदा गर्व लाग्ने बताउनुभयो । उहाँले आउदा दिनहरुमा पनि सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले ओकेबाजेको सहयोगले विद्यालयको भवन निर्माण गर्न सहयोग पुग्ने बताउनुहुँदै यसमा कोषको रकम र अन्य सहयोग जुटाएर समयमै भवन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी वडा न १२ का वडा अध्यक्ष मेजर सि केसीले उहाँको सहयोगमा वडाको तर्फबाट सक्दो सहयोग गरि विद्यालयको भवन निमार्ण गरिने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमारी थापाले ओकेबाजेले यस अगाडि पनि विद्यालयलाई सहयोग गरेको चर्चा गर्दै अहिले पनि भवन निर्माण गर्नकाे लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा समाजसेवीहरु झमानसि दर्लामी,मान बहादुर राना, भिमबहादुर रास्कोटी, शिव नेपाल,गोपाल सि आले, मान कुमारी राना, लगायतकाले आफ्ना भनाईहरु राख्नु भएको थियो ।
विद्यालय भवन निर्माण गर्नको लागि भेलाले मानबहादुर रानाको अध्यक्षतामा समिति गठन गरेको छ ।