2

Logo २०८३ बैशाख १४ सोमबार
तानसेन नगरपालिकाले २० युनिट बाल्ने २२ सय २६ उपभोक्ताको विद्युत महशुल तिरिदिने

तानसेन नगरपालिकाले २० युनिट बाल्ने २२ सय २६ उपभोक्ताको विद्युत महशुल तिरिदिने


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१
2K

पाल्पा ।

तानसेन नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रसंग सम्झौता गरि नगरबासीको विद्युत महशुल भुक्तानी गर्ने भएको छ ।

नगरपालिकाले न्यूनतम २० युनिट विद्युत खपत गर्ने लाभग्राहीको विद्युत महसुलमा अनुदान दिने योजना अनुसार रकम भुक्तानीका लागि सम्झौता गरेको हो ।

वितरण केन्द्र र नगरपालिका बिच आर्थिक वर्ष २०८१/०८२ को लागि नगरभित्रका २० युनिट खपत गर्ने दुई हजार २ सय २६ उपभोक्ताहरुको विद्युत महशुल भुक्तानी गर्ने गरी सम्झौता भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । यसले आम लक्षित परिवारलाई ठुलो सहयोग मिल्ने नागिलाले बताउनुभयो ।

तानसेन नगरपालिका र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र बिच तानसेन नगरपालिका क्षेत्रभित्रका नगरवासीले खपत गर्ने न्युनतम् विद्युत महशुल छुट सम्बन्धी कार्यविधि, २०७९ को आधारमा नगरपालिकाबाट दिइने न्यूनतम विद्युत महसुलमा छुटको लागि प्राविधिक व्यवस्थापन गर्ने गरी सम्झौता गरेको तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो ।  नगरवासीलाई केही राहत महशुस हुनेगरी ल्याईएको कार्यक्रमलाई निरन्तरता दिईएको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० देखि नियमित २० युनिट विधुत खपत गर्ने नगरबासीलाई न्यूनतम विद्युतमा छुट दिदै आएको छ । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । केन्द्र प्रमुख मरासिनिले तानसेन नगरपालिकाले जनताको हितमा निर्णय गरेकोले सम्झौता बमोजिम काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपभोक्ताको मासिक ३० रुपैयाँका दरले ८ लाख १ हजार ३ सय ६० रुपैयाँ वार्षिक रकम एकमुष्ट भुक्तानी गर्ने गरी सम्झौता भएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तानसेन नगरपालिकाका योजना अधिकृत दुर्गा बहादुर थापाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com