2

Logo २०८३ बैशाख १३ आइतबार
इरानलाई सोझो सेटमा हराउदै नेपाल बिजयी, फाइनलमा भोलि भारत संग भिड्ने

इरानलाई सोझो सेटमा हराउदै नेपाल बिजयी, फाइनलमा भोलि भारत संग भिड्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
1.2K

काभा महिला भलिवल 

इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा छ।

इरानसँग लिग चरणमा हारेको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरूवात राम्रो गर्यो। नेपाली टिमले आमविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानी टोलीलाई २५-२१ ले हरायो।

नेपालले खेलमा १-० को अग्रता बनायो। दोस्रो सेट नाटकीय बन्यो। नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनायो। इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो।‌तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४-२४ मा पुर्यायो। संगठित प्रदर्शनमा नेपालले यो सेट २८-२६ ले जित्दै खेलमा २-० को स्पष्ट अग्रता दिलायो।

तेस्रो सेटको सुरूवात प्रतिस्पर्धात्मक बन्यो। तर नेपालले इरानलाई मौका नै दिएन र २५-२० ले हराउँदै सोझो सेटमा जित दर्ज गर्यो। नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका थिए ।

अब भोलि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ।

फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ। इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com