2

Logo २०८३ बैशाख १४ सोमबार
सबल न्युज डटकमका सम्पादक डोटेल सन्चारिका समूह पाल्पाको अध्यक्ष

सबल न्युज डटकमका सम्पादक डोटेल सन्चारिका समूह पाल्पाको अध्यक्ष


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १९ २०८१
1.4K

पाल्पा ।

पाल्पा जिल्लाका पत्रकार महिलाहरुको भेलाले लामो समयदेखि मिडियामा क्रियाशिल पत्रकार सीता डोटेलको अध्यक्षतामा सन्चारिका समूह नेपाल पाल्पाको गठन गरेको छ ।
जिल्लाका क्रियाशिल महिला पत्रकारको तानसेनमा बसेको भेलाले डोटेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गुणवती के.सी., महासचिवमा रिमा सोमै, सचिवमा रुपा थापा, कोषाध्यक्षमा बबिता बिष्ट रहनुभएको छ । समितिको सदस्यमा प्रेरणा नेपाल, रमा भण्डारी, सिर्जना कार्की, मिना कुमाल, कुमारी सीता ज्ञवाली गौतम र पबित्रा पराजुलीलाई भेलाले चयन गरेको
संचारिका समूह लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन समिति संयोजक गीता ज्ञवालीले जानकारी दिनुभयो ।

संचारिका समूह नेपाल लुम्बिनी प्रदेश समितिले गत महिना बसेको भेलाबाट पाल्पामा सस्थाको शाखा गठनका लागि प्रदेश सदस्य गीता ज्ञवाली, प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे र गुणवती के. सी. गरि ३ सदस्यीय निर्वाचन समिति तोकेको थियो । निर्वाचन समितिले गरेको आह्वानमा बसेको पत्रकारको भेलाले पाल्पामा नेतृत्व चयन गरेको हो ।

यसैबिच, समुहको सल्लाहकारमा लुम्बिनी प्रदेश सदस्य गीता ज्ञवाली, पाल्पाली पत्रकारिताका सस्थापक तथा प्रेस युनियन जिल्ला अध्यक्ष मन गहिरे र जमुना पाण्डेलाई चयन गरेको छ ।

भेलामा बोल्दै नवनिर्वाचित सञ्चारिका समूह पाल्पाका अध्यक्ष सीता डोटेलले पाल्पामा पत्रकार महिला स्थापित गर्न, व्यबसायिक पत्रकारिताको विकास, सीप र क्षमता बढाउन तथा बिषयबस्तुमा संबेदनशिल भई बिषय उठान र लैङ्गिक समता कायम गर्न सन्चारिका समुहले काम गर्ने बताउनुभयो । उहाँले छापा तथा इलेक्ट्रोनिक मिडियामा आबद्ध पत्रकार महिला समेटेर उनीहरुको दक्षता बढाउन र सामाजिक सकारात्मक प्रवाहमा जोड दिने बताउनुभयो ।

यसअघि पाल्पामा गठन भएको समितिमा डोटेल महासचिव हुनुहुन्थ्यो । बिबिध कारण अध्यक्ष बिन्दु थापाले दिएको राजिनामा स्वकृत गरेपछी समिति बिघटन गरि संयोजक समितिले नयाँ नेतृत्व चयन प्रक्रिया गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com