2

Logo २०८३ बैशाख १३ आइतबार
मन्त्रीपरिषद्ले पायो पुर्णता, महिला राज्यमन्त्री रुपा बि.क.

मन्त्रीपरिषद्ले पायो पुर्णता, महिला राज्यमन्त्री रुपा बि.क.


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १९ २०८१
2.1K

काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट २ जना र नागरिक उन्मुक्तिबट १ लाई राज्यमन्त्री बनाए संगै मन्त्रीपरिषदले पुर्णता पाएको हो । नेपाली काङ्ग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राज्यमन्त्रीहरु नियुक्त गरेकाे राष्ट्रपतिकाे कार्यालयले जनाएको छ ।

कांग्रेसकी बिकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छ भने तामाङले उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री र नागरिक उन्मुक्तिका चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com