पोखरा २१ मट्टीखान नजिक स्कुलबस दुर्घटना एक जनाको मृत्यु, केही घाइते
पोखरा ।
पोखरा महानगरपालिका -२१ मट्टीखान नजिक भएको स्कुल बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको र केहि घाईते भएको खबर छ।
बिहान बिद्यार्थी लिन गएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा परेको हो।
बस दुर्घटनामा परि घाइते भएका २१ जनाको पोखरा स्थित जीएमसी अस्पतालमा १४ जना, पश्चिमान्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १२ जना र मणिपाल अस्पतालमा ३ जनाको उपचार भैरहेको छ।
बस बिहान पोखरा -२१ राम्दी लगायतका क्षेत्रबाट बिद्यार्थी संकलन गरि पोखरा -१७ बिरौटा स्थित एलपी देवकोटा स्कुलमा आउने क्रममा दुर्घटना भएको थियो ।
पोखरा २१ फुस्रे खोला नजिकको बाटोबाट ४०/५० मिटर तल खसेर बस दुर्घटना भएको र बसमा सवार मध्ये २ जनाको अवस्था गम्भिर भएको जनाइएको छ।