2

Logo २०८३ बैशाख १४ सोमबार
पोखरा २१ मट्टीखान नजिक स्कुलबस दुर्घटना एक जनाको मृत्यु, केही घाइते

पोखरा २१ मट्टीखान नजिक स्कुलबस दुर्घटना एक जनाको मृत्यु, केही घाइते


Sabalnews प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
1.4K

पोखरा ।

पोखरा महानगरपालिका -२१ मट्टीखान नजिक भएको स्कुल बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको र केहि घाईते भएको खबर छ।

बिहान बिद्यार्थी लिन गएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परि घाइते भएका २१ जनाको पोखरा स्थित जीएमसी अस्पतालमा १४ जना, पश्चिमान्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १२ जना र मणिपाल अस्पतालमा ३ जनाको उपचार भैरहेको छ।

बस बिहान  पोखरा -२१ राम्दी लगायतका क्षेत्रबाट बिद्यार्थी संकलन गरि पोखरा -१७  बिरौटा स्थित एलपी देवकोटा स्कुलमा आउने क्रममा दुर्घटना भएको थियो ।

पोखरा २१ फुस्रे खोला नजिकको बाटोबाट ४०/५० मिटर तल खसेर बस दुर्घटना भएको र बसमा सवार मध्ये २ जनाको अवस्था गम्भिर भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com