2

Logo २०८३ बैशाख १३ आइतबार
बिग्रिएको विमान उडाउदा दुर्घटना

बिग्रिएको विमान उडाउदा दुर्घटना


Sabalnews प्रकाशित मिति : बुधबार, साउन ९ २०८१
1.2K

काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज बिग्रीएको बुझिएको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको हो । जहाँजमा १९ यात्रु थिए । पाइलट सहित ४ को अबस्था गम्भिर अबस्थामा शिक्षण अस्पताल पठाइएको छ ।

विमान बिग्रीएको र रनवे लिन पनि नसक्ने अबस्थाको बिमानमा यात्रु भरेको स्वयं बिमानस्थलका केही प्रतिनिधिले बताएको बुझिएको छ । यो दुर्घटना बिमानस्थलको लापरवाही भएको गुनासो बडिरहेको छ ।

दुर्घटनापछि अहिले उद्धार कार्य जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालेका छन् ।

बिमानस्थल छोड्नासाथ उत्तरतर्फको ढिस्कोमा बजारिएको हो भने बिम्मनस्थलका अन्य जहाज  र घरमा क्षति भएको छैन । खास एम्बुलेन्स जान असहज हुने र ढिस्कोको घाचमा विमान बजारिएको हो भने बिमानमा लगत्ते आगो लागेको थियो ।

बुधबार करिब सवा ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

अहिले उद्दारको काम चलिरहेको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com