2

Logo २०८३ बैशाख १४ सोमबार
मर्मतका लागि हिउँदेखोला क्षेत्र सडक बन्द हुने

मर्मतका लागि हिउँदेखोला क्षेत्र सडक बन्द हुने


Sabalnews प्रकाशित मिति : मंगलबार, साउन ८ २०८१
939

पाल्पा ।

जिल्लाको पाल्पा बुटवल सडक खण्डको हिउँदेखोला क्षेत्रमा सडक बन्द हुने भएको छ ।  विगत केही दिन देखिको बर्षाको कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका वडा नं. ३ स्थित हिउँदे खोला सडक खण्डमा बाटो भासिएकाले त्यस क्षेत्रमा मर्मतको लागि बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

प्रशासनका अनुसार हाल सो स्थानमा एकतर्फी रुपमा सवारी साधन सुचारु रहेकोसडक डिभिजन कार्यालयबाट सो को मर्मतको कार्य भैरहेको र सडक अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन एवं अत्यावश्यकीय मालवाहक साधन बाहेक अन्य साधनहरु नचलाउनुहुन अनुरोध छ प्रजिअ आनन्द काफ्लेले भन्नुभयो । सिद्धार्थ राजमार्गमा अहिले लगातार पानी परेका कारण बाटो जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

सूचनामा भनिएको छ सडक जुनसुकै अवस्थामा पनि बन्द हुने जोखिम रहेको तथा प्राविधिकले समय समयमा जाँच गरेर मात्र सवारी साधन चल्नुपर्ने अवस्था देखिएकोले निम्न नम्बरहरुमा सम्पर्क गरेर मात्र सवारी साधन चलाउनुहुन अनुरोध छ।

सम्भावित क्षति न्यूनिकरण गर्नका लागि मिति २०८१।४।९ गते वेलुका ७ बजे देखि विहान ६ बजे सम्म अर्को व्यवस्था नभएसम्म सिद्धार्थ राजमार्गको पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा नं. ३ स्थित हिउँदे खोला सडक खण्डमा सम्पूर्ण सवारी साधनहरु आवतजावत गर्न बन्द गरिएको व्यहोरा अनुरोध छ ।

 सो समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपर्ने अवस्थामा निम्न नम्बरमा सम्पर्क गरी अनुमति लिएर मात्र चलाउनुहुन अनुरोध छ। साथै ठूलो पानी परेको वा सडकमा थप क्षती भएको खण्डमा प्राविधिकको राय वमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्णरुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com