रोटरी क्लब रामपुरको बर्ष २०२४/०२५ को लागि पद हस्तान्तरण कार्यक्रम
पाल्पा ।
रोटरी क्लब अफ रामपुरको वर्ष २०२३/२४ बाट बर्ष २०२४/२०२५ का लागि पद हस्तान्तरण कार्यक्रम भएको छ ।
बर्ष २०२३/०२४ का अध्यक्ष सागर प्रसाद देवकोटाले वर्ष २०२४/२५ को लागि रोटरीयन कृतिनाथ श्रेष्ठको नेतृत्वलाई पद हस्तान्तरण गर्नुभयो ।
नमस्ते पाल्पा होटलमा भएको कार्यक्रममा रोटरी क्लब अफ रामपुरका निवर्तमान अध्यक्ष सागर प्रसाद देवकोटाले कलर, रोटरी डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि नरेश पौडेलले ह्याम्वर तथा ग्यावल र रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले चार्टड सटिफिकेट प्रदान गर्नु भयो ।

रोटरी क्लव अफ डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि नरेश पौडेलले अध्यक्ष श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीहरुलाई पद तथा गोपिनियताको सपथ गराउनु भएको थियो ।
पद ग्रहण पछि अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्दै सबैको साथ र सहयोगको आवश्यक हुने बताउनुभयो । रोटरी इन्टरनेशनलको विधानमा रहेर मानविय सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले क्लवले गतिविधि मार्फत रामपुरको पहिचानलाई थप वृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा परियोजना सञ्चालन गर्न रोटरीयनहरुलाई आग्रह गर्नुभयो । रोटरी डिष्ट्रीक ३२९२ नेपाल भुटान जोन २५ का एजि रोटरीयन नरेश पौडेलले सबै क्षेत्रका व्यक्तित्वहरुको प्रतिनिधित्व गराएर अघि बढ्न सुझाव दिनुभयो ।
आरआई ३२९२ नेपाल भुटान जोन २५ रोटरी वर्ष २०२३/२४ का एजि रोटरीयन सुनिल श्रेष्ठले रोटरी क्लवको बारेमा जानकारी दिनुभएको थियो । रोटरी क्लव अफ रामपुरका निवर्तमान अध्यक्ष सागर प्रसाद देवकोटाले केही काम सम्पन्न भए, धेरै गर्न बाँकी रहेकाले सबैको सहकार्यमा गरिने बताउनुभयो । पूवी पाल्पा समाज रुपन्देही बुटवल रामपुरका महासचिव भोजराज न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रोटरी क्लब अफ रामपुरका कोषाध्यक्ष सुर्य खनालले वर्तमान अध्यक्षको बारेमा जानकारी गराउनु भएको थियो ।
रोटरी क्लब अफ रामपुरका अध्यक्ष कृतिनाथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रेसिडेण्ट इलेक्ट गोविन्द प्रसाद देवकोटाको स्वागत प्रेसिडेण्ट नोमिनी राधिका भण्डारीले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ रामपुरका सचिव कृष्ण प्रसाद भट्टराईले गर्नु भएको हो । चौथो पद हस्तान्तरण कार्यक्रमको अवसरमा “रोटरी शिक्षा पदक” आर सि का लागि विभिन्न व्यक्तिहरुले अक्षयकोष निर्माण गर्न रकम घोषणा गर्नुभएको छ ।
सन् २०२१/२२ मा स्थापना भएको रोटरी क्लव अफ रामपुरको पहिलो वर्ष सस्थापक राजु प्रसाद श्रेष्ठ, दोस्रो वर्ष रुद्रनारायण श्रेष्ठ, तेस्रो वर्ष सागर प्रसाद देवकोटाले गरिसक्नु भएको छ ।