2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पा ‘पूर्ण खोपयुक्त’ जिल्ला घोषणा

पाल्पा ‘पूर्ण खोपयुक्त’ जिल्ला घोषणा


Sabalnews प्रकाशित मिति : बुधबार, असार २७ २०८१
1.2K

पाल्पा ।

पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चिता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका दश वटै स्थानीय तहका १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त)ले एक कार्यक्रमका बीच खोप समन्वय समितिका संयोजक टंकनाथ खनाललाई पूर्ण खोप जिल्ला घोषित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । दश स्थानीय तहका ८१ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार ३०८ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै १६ महिना देखि पाँच वर्षमुनिका १० हजार ५६० जना बालबालिकाले खोप लगाएको बताइएको छ ।

तीमध्ये ६ जना बालबालिका ड्रप आउट भएकाले पनि पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताउनुभयो । सरकारले तोकेको सूचकाङ्क पूरा गरेपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । पाल्पालाई तीन वर्षयता लगातार पूर्ण खोपयुक्त जिल्लाको रुपमा स्थापित गरिएको डा. गिरीले बताउनुभयो ।

कार्यक्रममा सभामुख घर्तीमगरले घोषणा गर्नु ठूलो कुरा नभई त्यसलाई दीगो बनाइराख्नु महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य र शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर सरकारले वजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य वीरबहादुर रानाले घोषणा गर्नुलाई अभिनयका रुपमा नलिई अभियानका रुपमा लिनुपर्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले शिक्षा र स्वास्थ्य एक अर्काको परिपूरक भएकाले सरकारले त्यसतर्फ लगानी गर्नमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले खाेप लक्षयअनुसार लगाउन खट्ने सबै स्वास्थ्यकर्मी र अभियानमा साथ दिनेलाई धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com