2

Logo २०८३ बैशाख १३ आइतबार
फ्यामिली सपिङ्ग सेन्टरमा ‘मनसुन अफर’

फ्यामिली सपिङ्ग सेन्टरमा ‘मनसुन अफर’


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २१ २०८१
4.1K

पाल्पा ।

पाल्पाको व्यापारिक शहर रामपुर नगरपालिकाको केन्द्र बेझाँडमा सन्चालनमा रहेको फ्यामिली सपिङ्ग सेन्टरले ग्राहकहरुलाई मध्यनजर गर्दै ‘मनसुन अफर’ ल्याएको छ ।

बि. स. २०७४ सालमा जिल्लामा नै पहिलो सपिङ्ग सेन्टरका रुपमा सञ्चालित फ्यामिली सपिङ सेन्टरले ग्राहकहरुलाई मध्यनजर गर्दै मनसुन अफर ल्याएको हो ।

फ्यामिली सपिङ्ग सेन्टरका सञ्चालक समसुल हक मियाँले जानकारी गराउदै ग्राहकले समय सापेक्ष सेन्टरबाट सेवा चाहने र रामपुरको बढ्दो शहरीकरण संगै याहाँको आवश्यकतालाई मध्यनजर गर्दै सेवा चुस्त गराउन लागेको जानकारी दिनुभयो ।

सपिङ्ग सेन्टरमा आउने ग्राहाकहरुलाई लक्ष्यित गरी असार २१ गतेदेखि लक्की ड्र मार्फत पुरस्कार जित्न सकिने बताउनुभयो ।मनसुन अफर आगामी असोज २० सम्म मनसुन अफर ल्याउन लागिएको बताउनुभयो ।

सपिङ्ग सेन्टरले प्रतिहजार सामान खरिदमा एक वटा कुपन प्रदान गर्नेेेछ । लक्की ड्र बाट छनौट हुने विजेतालाई ७ केजिको वासिङ्ग मेसिन, दोस्रोले २१० लिटरको फ्रिज र तेस्रोले ३२ इन्चको टिभी प्राप्त गर्नेेेछ । सपिङ्ग सेन्टरले हाल ८ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।

विदेशमा सिकेका सीप प्रयोग गर्ने उद्देश्यका साथ स्थापना भएको सपिङ्ग सेन्टरलाई नयाँ स्वरुपका साथ अघि बढाउने प्रयत्न भएको जनाइएको छ । कालीगण्डकी करिडोर सञ्चालनमा आएसंगै ग्राहकहरुको रोजाई अनुसारको स्वदेशी तथा विदेशी सामानहरु ल्याउन थप सहज हुने उहाँले बताउनुभयो ।

उपभोक्ता माझ नयाँ भिजनका साथ अघि बढ्ने योजना अनुसार अहिले वर्षादको समयलाई मध्यनजर गरी अफर ल्याएको जानकारी दिनुभयो ।

                                           कुपन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com