2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर नगरपालिकाको संशोधन सहितको ७४ करोड ११ लाख ४ हजारको बजेट पारित

रामपुर नगरपालिकाको संशोधन सहितको ७४ करोड ११ लाख ४ हजारको बजेट पारित


Sabalnews प्रकाशित मिति : बिहिबार, असार २१ २०८१
2.5K

पाल्पा ।

रामपुर नगरपालिकाले नगर सभाको पन्ध्रौं अधिबेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८१/०८२ को प्रस्ताबित अनुमानित आय संशोधन सहित पारित गरेको छ ।

नगर सभाको बर्षे अन्तिम बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८१/०८२ को प्रस्तावित आयको अनुमानित बार्षिक बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभाको पन्ध्रौं अधिबेशनको पहिलो बैठक मार्फत गत असार ६ गते ल्याएको अनुमानित बजेटमाथि आवश्यक छलफल र सुझाबपछि बढेर आएको ७४ करोड ११ लाख ४ हजारको बजेट बिहिबार बसेको सभाको बैठकले पास गरेको हो ।

प्रस्ताबित बजेट अन्तर्गत अन्य शीर्षकको बजेट यथावत पारित भएको छ । चालू बजेट तर्फ ५६ करोड ३२ लाख ४४ हजार र पुजीगत तर्फ १७ करोड ७८ लाख ६० हजार छ । संशोधनमा चालू बजेटमा १ लाख र पुजीगतमा २५ लाख रुपैया वृद्धि भएको हो ।

प्रदेश समानिकरण ८२ लाख ६५ हजार, प्रदेश राजश्व बाडफाड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश बिशेष २० लाख, प्रदेश ससर्त १ करोड ६ लाख र आन्तरिक स्रोत तर्फ ९ करोड ९५ लाख ९५ हजार गरि ७४ करोड ११ लाख ४ हजारको बजेट ल्याइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले आह्वान गर्नुभएको बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले प्रस्तुत गर्नुभएको संशोधन सहितको आर्थिक बिनियोजन ऎन र बिधेयक समिति संयोजक मिन बहादुर सिन्जालीले पेश गर्नुभएको नगरपालिकाको नगरसभाको कार्यसन्चालन कार्यबिधी बिधेयक २०८१ सभाले पारित गरेको छ । गत पहिलो बैठकमा प्रस्तुत आर्थिक बिधेयक, युवा परिषद्, न्यायिक समितिको प्रतिबेदन सहितको प्रतिबेदनहरु पारित गरेको छ ।

बैठकको शुन्य समयमा सभा सदस्य हरिनाथ ढुंगाना, बिशेष समयमा प्रबत्ता कपिल बहादुर खाणले सुझाब सहितको बिचार राख्नुभएको थियो । सभा बैठकमा प्रबक्ता कपिल बहादुर खाण र वडा नम्बर ३ का अध्यक्ष दामोदर पाठकले नगरपालिकाले गरेका काम, सुशासन, जनसहभागिता, उत्तरदायित्व र जवाफदेही तथा संचालित योजना र कार्यक्रम बिषयमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नगरसभाको दोस्रो बैठकमा पाल्पा जिल्लाबाट ४ जिपिए ल्याउन सफल २ विद्यार्थीमध्य रामपुर नगरपालिका भित्रकी एकमात्र ४ जिपिए ल्याउने नमुना दरैठाटी माबिकी विद्यार्थी पुर्णिमा लक्ष्मी कुवरलाई नगद १० हजार, दोसल्ला र सम्मान पत्र सहित नतिजा ल्याउन सफल विद्यालयलाई विद्यालयका प्रध्यानध्यापक सुन्दर प्रसाद देवकोटा र कुवरका बुवा तथा विद्यालयका शिक्षक मान बहादुर कुवरलाई ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको छ ।

यसैगरी, यसैबर्ष देखि करार कर्मचारी कल्याणकारी कोषबाट तत्कालिन गाबिस हुँदै नगरपालिकामा निरन्तर १४ बर्ष कार्यालय सहयोगी पदमा रहेर काम गरि स्वच्छिक अबकाश लिनुभएका शिबा कुमारी थापालाई १४ महिना बराबरको २ लाख ९४ हजार रुपया, दोसल्ला र सम्मान पत्र सहित कोषबाट सम्मान गरिएको छ ।

नगर प्रबक्ता कपिल बहादुर खाणबाट १५ औं अधिबेशनको सभा सकिए संगै आएका जिज्ञासाका बिषयमा पत्रकार संग भेटघाट कार्यक्रम गरि चालू आब र आगामी बर्षको योजनाको बिषयमा स्पष्ट पार्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com