वडाद्दारा फलफुलका बिरुवा बितरण
पाल्पा ।
रामपुर नगरपालिका वडा नम्बर ५ ले वडाबासीका मागका आधारमा फलफुलका बिरुवा बितरण गरेको छ ।
गत महिना वडाले वडाबासीलाई सार्वजनिक सुचना जारी गरेर माग गरेको आधारमा बिरुवा खरिद गरि निशुल्क बिरुवा बितरण गरेको हो । रामपुरको समथल भागमा अन्य ठुला रुख कम हुँदै जादा घर घरमा सौन्दर्यका लागि र आम्दानी लिन समेत सकिने गरि फलफुल लगाउन उत्साहित गराउदै वडाले फलफुलका बिरुवा बितरण गरेको हो ।

नगरको केन्द्र बजार क्षेत्र रहेकोले हरियाली,सुन्दर र घरै पिच्छे फलफुल उत्पादन गरि घर खान र बाहिर पठाउन र देख्न समेत राम्रो हुने हुँदा र यहाँ उत्पादन पनि राम्रो हुने भएकोले बिरुवा बितरण गरिएको वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो । वडामा फलफुल मात्र उत्पादन भएपनि छुट्टै पहिचान दिन्छ, बिषादीयुक्त फलफुल किनेर खान पर्दैन तसर्थ वडामा हरेक घर लगाउन सकिने गरि बिरुवा बितरण गर्ने गरि लागेका छौ पोखरेकके भन्नुभयो । वडाले गतबर्ष पनि आँप लिची सहितका बिरुवा बितरण गरेको थियो ।
बितरित बिरुवा राम्रो संगै रोप्न, हुर्काउन र रेखदेख सगै घर अगाडि भएका फुलका बिरुवा समेत नियमित गोडमेल गरि हराभरा रामपुर बनाउन सघाउन वडा सदस्य युवराज शाहीले वडाबासीमा आग्रह गर्नुभयो ।

