2

Logo २०८३ बैशाख १३ आइतबार
गिद्ध संरक्षणमा खैरनी वन, निर्मित जटायु पार्क, गेट र पैदल मार्गको उद्घाटन

गिद्ध संरक्षणमा खैरनी वन, निर्मित जटायु पार्क, गेट र पैदल मार्गको उद्घाटन


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८१
2.4K

पाल्पा ।

प्रकृतिको कुचिकार गिद्ध संरक्षणमा लागेको पाल्पाको खैरनी सामदायिक वन क्षेत्रमा निर्मित गिद्ध पार्क, प्रवेश द्धार र वन क्षेत्रमा निर्मित पैदल मार्गको एकैसाथ उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा जटायु अबलोकन स्थल, जटायु पार्क निर्माण, वन व्यवस्थापन, चौतारी निर्माणमा सहयोग गरेपछि हौसिएका उपभोक्ताले समयमा नै निर्माण गरेको पार्क, प्रवेशद्धारको उद्घाटन गरिएको हो ।

गिद्ध वासस्थानको प्रचुर संभावना रहेको खैरनी सामुदायिक वनमा निर्मित जटायु पार्कको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री अर्जुन कुमार के.सी.ले खैरेनी वनमा उपभोक्ताहरुले गरेको काम र गिद्ध संरक्षणको पहल सह्रानिय रहेको बताउनुभयो । तराईका वन धेरै फाडिएका छन् तर पहाडमा भएको हराभरा र उपभोक्ताको मेहनतले सुन्दर भुभागमा अझ सुन्दरता थपेको छ उहाँले भन्नुभयो । सुनेको रामपुर र यहाँका नागरिकसँग घुलमिल हुँदा बुझेको रामपुरमा अझ धेरै सकारात्मक पाएको बताउदै मन्त्री के.सी.ले सुन्दर योजना सहित अघि बढ्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा ४ हजार बढी सामुदायिक बन र ८ साझेदारी बन रहेको उल्लेख गर्दै धेरै सामुदायिक वनले उपभोक्ताको जिविकोपार्जन सँग जोडिएको हुँदा आम्दानी बढाउने र अब्बल परिवार बनाउने गरि कृषि, उत्पादन, पर्यटकीय स्थलको रुपमा विकास गरेर अघि बढ्नुपर्ने बभताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, वाणिज्य र पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले ६ प्रजातिको गिद्ध बस्ने स्थल खैरैनी सामुदायिक वन भएकोले पनि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । सामुदायिक वनलाई आम्दानीको स्रोत बढाउन विभिन्न क्रियाकलाप गर्न आग्रह गर्नुभयो ।

बन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले गिद्द संरक्षण र यसको योजना तथा व्यबस्थापनमा खैरेनी सामुदायिक वनले राम्रो काम गरेको बताउनुभयो । बिश्वमा २३ प्रजातीका गिद्द मध्य १४ सन्कटापन्न अबस्थामा छन् । ९ प्रजातिका गिद्ध नेपालमा पाइने गिद्ध छ । बिषादी प्रयोग गरेका पशु खाएर गिद्ध मर्ने, मरेका पशु बाहिर फाल्ने, बिषाक्त आहारा हुने भएकाले गिद्ध लोप हुने स्थितिमा पुगेको काफ्लेले बताउनुभयो ।

लुम्बिनी वन निर्देशनालयका बन निर्देशक दधिलाल कडेलले जैबिक बिबिधताको संरक्षण वातावरण र पारिस्थितिक प्रणाली संरक्षणको लागि अति आबश्यक गिद्ध संरक्षणमा खैरेनी बनले नमुना काम गर्दै आएको बताउनुभयो । जिल्ला वन कार्यालय पाल्पाको प्रमुखको जिम्मेवारीमा रहदा पनि निरन्तर पाल्पाका वन संरक्षणमा लागेको स्मरण गर्दै उहाँले जोखिम सँगै भएकाले यसको संरक्षणमा संस्थागत पहल बढी गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनालले १० बर्षे कार्यनिति टेकेर काम गर्न सुझाउनुभएको छ । हामी आर्थिक महत्व दियौ तर वातावरण महत्व भएन । गिद्ध स्रोतकेन्द्रको रुपमा बिकास गर्ने गरि खैरेनी वनकोे पहिचान दिन थाल्नुपर्छ उहाँले भन्नुभयो ।

पाल्पाका डिभिजनल वन अधिकृत सिनियर बन अधिकृत नारायणदेव भट्टराईले योजना बनाएर वनले गतिविधि गर्दै आएकोेले सब डिभिजन र डिभिजन वन कार्यालयको समन्वयमा निरन्तर काममा खटिनुपर्ने बताउनुभयो ।
बि.स.२०६३ मा डाइक्नोफोबियाको प्रयोगमा प्रतिबन्ध लगाईको हो । सिमलका रुखमा कमी आयो । यसले पनि बासस्थान सुरक्षित नभएर गिद्ध चपेटामा पुगेको छ ।

खैरेनी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष सुर्य प्रसाद अर्यालले बनका भएगरेका बिषय, वनका भावी योजना पहलकदमी बारे जानकारी दिनुभएको थियो ।

वडा अध्यक्ष दिनेश आचार्यले जटायु आहार व्यबस्थापनलाई ७५ हजार वडाले समेत बिनियोजन गरेको बताउदै यसको संरक्षण र दिगोपनाको लागि धन्यवाद व्यक्त गर्नुभयो । सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक बन र महासंघ मिलेर जानुको विकल्प नभएको बताएका थिए ।

सव डिभिजन बन कार्यालय रामपुरका प्रमुख सुजनराज भण्डारीले प्रतिबेदन प्रस्तुत गर्दै जटायु र उत्तरबाहिनी क्षेत्र कालीगंगा भएकाले यसको योजना अनुसार काम र नमुना कामबाट पर्यटक ल्याउने गरि गतिविधि बढाउन योजना अनुरुप लाग्न आग्रह गर्नुभयो ।

शुरुमा जिल्ला बन कार्यालयले ५ लाख दिएपछि प्रबेश द्धार निर्माण थालिएको हो । गुरुयोजना बनाएर बन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदै अगाडी बढेको छ । बनभोजस्थल, खानेपानी, विद्युत्त, गुफा निर्माणको काम बाकी छ । सिमल, खयर, साल लगायतका बहुमुल्य प्रजातिका वनस्पति यस सामुदायिक वनमा पाइन्छन् ।

३१.८५ क्षेत्रफलमा वन फैलिएको छ । १ सय ४२ घरधुरीले उपभोग गर्दै आएका छन् । बि. स.०४९/०५० मा खैरेनी वन सामुदायिककरण गरिएपछि समुदायले रेखदेख गर्दै आएका हुन् । वि.स.०५२ /०५३ सालमा दर्ता गरि उपभोत्ताले संरक्षण गरिरहेका छन् । २०५८ सालमा नै गिद्ध संरक्षण क्षेत्र घोषणा गरि यस बनलाई गिद्ध संरक्षण र सिकाईको थलोको रुपमा विकसित गर्ने योजनामा वन समुह रहेको छ वनलाई सामुदायिककरण गर्न थालेपछि वन संरक्षण, विभिन्न प्रजातिको बोटविरुवा निस्कन थालेका छन् । पशुुपंक्षी संरक्षण, सिकार निषेध, पर्यापर्यटनमा सुधार, गिद्ध संरक्षण, चोरी निकासी बन्द जस्ता कार्य भएका छन् । गिद्धको आहार व्यवस्थापनका लागि मरेका पशु खान घेरबार गरिएको छ । वनभित्र खोरेत रोग लागेका, भ्याक्सिन लगाएका पशु बन्देज छ । २०७२ सालबाटै गिद्धको आहार व्यवस्थापनको काम भएको हो । १७२ मिटर गोलाकार क्षेत्रमा गिद्धको आहार क्षेत्र तोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com