2

Logo २०८३ बैशाख १४ सोमबार
एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराईने

एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराईने


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
1.5K

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले जानकारी दिनुभयो।

दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो।  ‘अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले भने, ‘यसका लागि लेटर ग्रेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ।’

प्रवक्ता दाहालका अनुसार पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाइ र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको छ।

बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार आधाबढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । एक लाख २६ हजार ४७९ विद्यार्थीकाे दुईभन्दा बढी विषय लागेको छ। यी विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने मन्त्रालयले निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com