2

Logo २०८३ बैशाख १३ आइतबार
पोषण कार्यक्रम अन्तर्गत रामपुर २ मा गर्भवतीलाई अण्डा बितरण

पोषण कार्यक्रम अन्तर्गत रामपुर २ मा गर्भवतीलाई अण्डा बितरण


Sabalnews प्रकाशित मिति : बिहिबार, असार १४ २०८१
2.2K

पाल्पा ।

गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम अन्तर्गत रामपुर २ मा अण्डा बितरण गरिएको छ ।

रामपुर नगरपालिका २ नम्बर वडा कार्यालयले आ.ब. २०८०/०८१ स्वीकृत कार्यक्रममा रहेर वडामा रहेका गर्भवती  महिलालाई स्वास्थ्य र पोषण सम्बन्धी सचेतना सहित प्रोत्साहन गर्न अण्डा बितरण गरिएको वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो ।  

आधारभुत स्वास्थ्य केन्द्र भलायटारमा वडा भित्रका १७ जना गर्भवती महिलाहरुलाई नियमित पोषण स्वास्थ्य शिक्षा तथा प्रोत्साहन स्वरुप एक/एक क्यारेट अण्डा वितरण गरिएको हो ।कार्यक्रममा उपस्थित जनप्रतिनिधि साथै गाडाकोट स्वास्थ्य चौकी का प्रमुख मजिबुर रहमान शेखले सहजीकरण गर्दै गर्भवतीमा नियमित खानपान, सरसफाई, हेरचाह र आरामका बिषयमा जानकारी दिदै घरपरिवारले गर्नुपर्ने स्याहार सुसार तथा सहयोगले आमा र बच्चा तन्दुरुस्त रहन मद्दत पुर्‍याउने बताउनुभयो ।

वडाअध्यक्ष दर्जीले समुदायमा स्वास्थ्य सचेतना दिने स्वस्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य सेविकाहरुको  सहयोगले समुदायमा स्वास्थ्य सेवा र सचेतना गराउदै सजग बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com