पाल्पाका सामुदायिक विद्यालयबाट २ विद्यार्थीले ल्याए चार जिपिए
गत २०८० चैत महिनामा भएको परीक्षामा पाल्पाबाट चार हजार १८२ जना सहभागी भएका थिए । तीमध्ये एक हजार ११७ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएकामध्ये १०५ जना विद्यार्थी ३.६ जिपिएदेखि चार जिपिए ल्याएका छन् । यस्तै २८२ जना विद्यार्थीले ३.२ जिपिएदेखि ३.६ जिपिए, ४३७ जनाले २.८ जिपिएदेखि ३.२ जिपिए, २८१ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेका छन् ।
जिल्लाका कुल चार हजार १८२ जनाले एसइइ परीक्षा दिएकामा दुई हजार ६१० जना ननग्रेड भएका इकाइ प्रमुख सुवेदीले बताउनुभयो । पाल्पाबाट कुल परीक्षार्थीमध्ये २७ प्रतिशत बढी उत्तीर्ण भएका छन् ।