पोषण कार्यक्रम अन्तर्गत रामपुर २ मा गर्भवतीलाई अण्डा बितरण
पाल्पा ।
गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम अन्तर्गत रामपुर २ मा अण्डा बितरण गरिएको छ ।
रामपुर नगरपालिका २ नम्बर वडा कार्यालयले आ.ब. २०८०/०८१ स्वीकृत कार्यक्रममा रहेर वडामा रहेका गर्भवती महिलालाई स्वास्थ्य र पोषण सम्बन्धी सचेतना सहित प्रोत्साहन गर्न अण्डा बितरण गरिएको वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो । 
आधारभुत स्वास्थ्य केन्द्र भलायटारमा वडा भित्रका १७ जना गर्भवती महिलाहरुलाई नियमित पोषण स्वास्थ्य शिक्षा तथा प्रोत्साहन स्वरुप एक/एक क्यारेट अण्डा वितरण गरिएको हो ।कार्यक्रममा उपस्थित जनप्रतिनिधि साथै गाडाकोट स्वास्थ्य चौकी का प्रमुख मजिबुर रहमान शेखले सहजीकरण गर्दै गर्भवतीमा नियमित खानपान, सरसफाई, हेरचाह र आरामका बिषयमा जानकारी दिदै घरपरिवारले गर्नुपर्ने स्याहार सुसार तथा सहयोगले आमा र बच्चा तन्दुरुस्त रहन मद्दत पुर्याउने बताउनुभयो ।
वडाअध्यक्ष दर्जीले समुदायमा स्वास्थ्य सचेतना दिने स्वस्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य सेविकाहरुको सहयोगले समुदायमा स्वास्थ्य सेवा र सचेतना गराउदै सजग बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।