2

Logo २०८३ बैशाख १४ सोमबार
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसकै दिन बुटवलबाट लागुऔषध सहित २ पक्राउ

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसकै दिन बुटवलबाट लागुऔषध सहित २ पक्राउ


Sabalnews प्रकाशित मिति : बुधबार, असार १३ २०८१
1K

बुटवल ।

लागुऔषध बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसकै दिन बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.४ पाल्पारोडबाट खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं ५ का ३३ वर्षिय मोहम्मद साजित अली र दाङ घोराही नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ बस्दै आएका ३१ वर्षिय दिपक मल्ल रहेका छन् ।

अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन २ ग्राम ५०० मिलिग्राम बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com