2

Logo २०८३ बैशाख १३ आइतबार
कीट जन्य रोगबारे स्वास्थ्य कार्यालय पाल्पाको अभिमुखीकरण कार्यक्रम

कीट जन्य रोगबारे स्वास्थ्य कार्यालय पाल्पाको अभिमुखीकरण कार्यक्रम


Sabalnews प्रकाशित मिति : बुधबार, असार १३ २०८१
1.8K

पाल्पा ।

औलो, डेगी, कालाजार, स्क्रव टाइफस, चिकनगुनिया लगायतका कीट जन्य रोगबारे स्वास्थ्य कार्यालय पाल्पाले अभिमुखीकरण कार्यक्रम पाल्पाको रामपुरमा चलाएको छ ।

इमर्जिङ किटजन्य रोगहरुको बारेमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीहरुलाई अभिमुखिकरण प्रदान गरेको हो । रामपुर नगरपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई किटजन्य रोगहरुको बारेमा जानकारी दिदै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले गर्मी र वर्षादको समय सुरु भएकाले किटजन्य रोगको जोखिम बढी हुने हुँदा यसबाट जोगिन पूर्वतयारी र समाधानका उपायमा ध्यान दिनुपर्ने बताउनुभयो । पहाडी जिल्ला पाल्पामा डेंगी, कालाजारको जोखिम बढी रहेको बताउदै उहाँले यसको निर्मुलमा स्थानीय तहमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सचेतना फैलाउनुपर्ने बताउनुभयो । विगतमा तराई क्षेत्रमा बढी देखिने डेंगी, औलो, कालाजार, स्क्रव टाइफस लगायतका रोग लामखुट्टे, भुसुनाको कारण पहाडी क्षेत्रमा पनि फैलिएकोले तत्काल पाल्पामा सावधानी अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । डा.गिरिले राष्ट्रिय, प्रदेशगत र पाल्पा जिल्लास्तरमा डेंगी रोगकोे संक्रमणको वर्तमान अवस्था, प्रभाव, असर र नियन्त्रण अभिमुखीकरण गर्नुभएको हो ।

गएको पछिल्लो २ बर्षको तुलनामा यसबर्ष डेंगी रोगको संक्रमण र असर कम भएपनि चुनौती उत्तिकै रहेकोले लामखुट्टेको टोकाईबाट बच्न प्रमुख ध्यान दिनुपर्ने डा.गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका सिनियर ल्याव टेक्निसियन मधुसुदन भट्टराईले कालाजार र औलो रोग संक्रमणको वर्तमान अवस्था, कारण, असर, उपचार, बच्ने उपायको बारेमा जानकारी दिनुभयो । बिगत ५ बर्षदेखि पाल्पामा समस्याका रुपमा रहेको कालजारबाट यस बर्ष पनि जिल्लामा प्रभावित विरामी छन् । रामपुरमा ३, निस्दीमा ३ जना र रभ्मामा १ जना छन् । परजिवी भुसुनाका कारण लाग्ने कालाजारबाट जिल्लामा ७ बर्षमा ३ जनाले ज्यान गुमाइसकेका छन् । तसर्थ सरसफाईमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यसबर्ष ६ वटा जिल्लामा देखिएको औलो रामपुरमा २ जना, तानसेनमा २, पुर्वखोालमा १ मा देखिएको छ । औलो निवारण कार्यक्रम अन्तर्गत राज्यले रणनिति लिएको र यसलाई सार्थक बनाउदै कालाजार औलो मुक्त समाज बनाउन सबै लाग्नपर्नेमा जोड दिइएको छ ।

डेङ्गी, औलो, कालाजार विगतमा तराई क्षेत्रमा देखिने भएपछि पछिल्लो वर्षहरुमा पाल्पामा पनि देखिएको छ । उहाँले आयातित औलो रोगको संक्रमण विगतमा देखिदै आएकोमा स्थानीय स्तरको औलो समेत पाल्पामा देखिएकाले सावधानी अपनाउनु आवश्यक रहेको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुक प्रसाद पोखरेलले सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले पाल्पाको बजार क्षेत्रलाई मध्यनजर गर्दै सदरमुकाम तानसेन, रामपुर र तिनाउमा सडक स्वास्थ्य सहायता कक्षा र जनचेतनामुलक ब्रुसर, माइकिङ सेट प्रदान गर्दै सडक दुर्घटनाबाट पनि सर्ने र नसर्ने रोग जस्तो महामारी रुपले अकालमा ज्यान गइरहेको बताउदै सचेतनाको कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रमा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले गर्मी संगै रोगको प्रकोप बढ्न सक्ने भएकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु सहकार्य गरेर समुदायमा सचेतना दिनुपर्ने बताउनुभयो । बढ्दो शहरीकरण संगै रामपुरमा आवतजावत धेरै हुने भएकाले विभिन्न संक्रमण फैलिएमा नियन्त्रणमा चुनौती रहने भएकाले सावधानी अपनाउनुका साथै पूर्व तयारीका कार्यगर्नु आवश्यक रहेको बताउनुभयो ।

निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष मेख बहादुर सुनारीले समुदायमा सर्ने रोगहरु मात्र नभै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दो क्रममा रहेकाले अब त्यस तर्फ पनि केन्द्रित हुने समय आएको बताउनुभयो । रम्भा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडा अध्यक्ष चेत बहादुर सिंजालीले सचेतनाका कार्यक्रमलाई जनस्तर सम्म पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विवेक भण्डारीले किटजन्य रोग नियन्त्रणका लागि परीक्षणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिको अध्यक्षता र तथ्याङ्क अधिकृत टुक प्रसाद पोखरेलको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com