2

Logo २०८३ बैशाख १४ सोमबार
एसइईको नतिजा बिहीबार प्रकाशन हुने,सैद्धान्तिक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

एसइईको नतिजा बिहीबार प्रकाशन हुने,सैद्धान्तिक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने


Sabalnews प्रकाशित मिति : बुधबार, असार १३ २०८१
1.5K

काठमाडौ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ७ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार मात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको पौडेलको भनाइ छ ।

यसबर्ष गत चैत १५ देखि २७ गतेसम्म एसइई परीक्षा चलेको थियो । जहाँ देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ ।

७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com