2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकालीको बजेट ५६ करोड ९९ लाख २ हजार

बगनासकालीको बजेट ५६ करोड ९९ लाख २ हजार


Sabalnews प्रकाशित मिति : सोमबार, असार ११ २०८१
617

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ ।

आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ४९ करोड ८४ लाख ६४ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बढी बजेट प्रस्ताव गरेको छ ।

बजेटमध्ये पुँजीगततर्फ २४ करोड ५७ लाख ८२ हजार रहेको छ भने चालुतर्फ ३२ करोड ४१ लाख २ हजार र विनियोजन प्रस्ताव गरिएको उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।

पालिकाको आन्तरिक स्रोतबाट जुटाउने गरी ९५ लाख बजेट प्रस्तुत गरेको छ । कृषि तथा पशु क्षेत्रमा उत्पादनमा आधारित अनुदान र उत्पादकत्व वृद्धि, बगनासकाली गाउँपालिकाका गौरवका आयोजनाहरुको कार्यान्वयन, आधारभूत स्वास्थ्य क्षेत्रको विस्तार, गुणस्तरीय शिक्षाको उपलब्धता, स्थानीय मागमा आधारित भौतिक पूर्वाधारको विकास, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना जस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ ।

गाउँपालिकाका ९ वटै वडाबाट वस्तीस्तरमा योजना छनौट गरी प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तथा रकम विनियोजना प्रस्ताव गर्न वडा समितिलाई नै अख्तियार प्रत्यायोजन गरी बजेट सिलिङ तयार गरेको जानकारी दिएको छ । गाउँपालिकाको १ र ६ नं. वडाको लागि प्रति वडा ३८ लाख, ८ नं. वडाका लागि २८ लाख र अन्य २,३,४,५,७ र ९ नम्बर वडाका लागि प्रति वडा ३४ लाखका दरले बजेट विनियोजन गरेको छ ।

बगनासकाली गाउँपालिकाको १६ औं बजेट अधिवेशन सभाको पहिलो बैठकमा अध्यक्ष सरस्वती दर्लामी चिदीले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com