शुद्धोधन गाउँपालिकाको बजेट ७० करोड २७ लाख ४८ हजार रुपैयाँ
रुपन्देही ।
शुद्दोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ७० करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
गाउँपालिकाले गाउँसभाको १६ औ अधिबेशनको आइतबार सम्पन्न दोस्रो बैठकबाट गाउँ सभा अध्यक्षको अनुमतिबाट गाउँपालिका प्रवक्ता तथा शुद्दोधन -४ का वडा अध्यक्ष केशव अधिकारीले आ.व २०८१।०८२को बजेट सार्वजनिक गर्नुभएको हो।
गाउँपालिकाबाट वितरण गरिने बजेट अन्तर्गत प्रत्येक वडा कार्यालयलाई एक करोड पाँच लाख गरि ७ वटा वडाको कुल ७ करोड ३५ लाख छुट्टाइएको छ।
गाउँ सभाले विनियोजन गर्ने बजेट २८ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको छ। पुजिगत खर्च १८ करोड रुपैयाँ छ भने चालु खर्च १० करोड ३०लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेटको स्रोत अन्तरगत आन्तरिक आम्दानी ५ करोड रुपैयाँ ,केन्द्र सरकारबाट ३७ करोड ९२ लाख ९१ हजार रुपैयाँ ,लुम्बिनी प्रदेश सरकारबाट २ करोड २३ लाख ३८ हजार रुपैयाँ ,सामाजिक सुरक्षा भत्ता बापत १२ करोड ,अन्य स्रोत तथा अनुमानित मौज्दात रकमबाट ३ करोड २९ लाख ८४ हजार रुपैयाँ रहेकोे जानकारी दिईएको छ।