2

Logo २०८३ बैशाख १४ सोमबार
तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिका बिचको समन्वयात्मक बैठकमा असल अभ्यास आदानप्रदान

तिलागुफा नगरपालिका र जुम्लाको हिमा गाउँपालिका बिचको समन्वयात्मक बैठकमा असल अभ्यास आदानप्रदान


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार ८ २०८१
463

कालिकोट ।

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र जुम्ला जिल्लाको हिमा गाउँपालिका बिच अन्तरपालिका स्तरीय समन्वयात्मक बैठक तिलागुफा नगरपालिका वडा न. १ बजेडिचौरमा सम्पन्न भएको छ ।

तिलागुफा नगरपालिका नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको प्रमुख आतिथ्यता, नगर उप प्रमुख महेन्द्र ब. शाहि र हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीको बिशेष आतिथ्यमा बैठक बसेको हो । बैठकमा राजनैतिक दल, वडा अध्यक्ष, कार्यपालिका सदस्य,कर्मचारी लगायत दुबै पालिका स्थानिय बुद्धिजिवि हरुको उपस्थिति रहेको थियो ।

बैठकमा तिलागुफा नगरपालिका वार्ड न. १ नाग्म र हिमा गाउँपालिका वडा न. ६ पातरखोला बिच रहेको सिमाना विवाद र खाई,पाई आएको आबादी जग्गा नाप नक्सा नभएको सन्दर्भमा जग्गा धनी हरुलाई नाप नक्साको कार्य यथासिघ्र कार्यन्वयन गरि लालपुर्जा दिलाउने बिषयमा आगामी नगरसभा, गाउँसभा बाट सम्बोधन हुनेगरि सैद्धान्तिक प्रक्रियालाई अगाडी बढाउने कुरामा नितिगत छलफल भएको छ ।

यसका साथै दुई वटै स्थानीय सरकार संचालनको क्रममा भएगरेका असल अभ्यास तथा सकारात्मक सिकाई हरुलाई आदानप्रदान गरि अन्य विविध बिषयबस्तुमा महत्वपूर्ण छलफल भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com