रामपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
पाल्पा ।
रामपुर नगरपालिकाका सबै बालबालिकाले खोप पुरा गरेको सुनिश्चित सँगै पाल्पाको रामपुर नगरपालिका पुणर् खोप युक्त पालिका घोषणा भएको हो ।
जिल्ला जनस्वाथ्य कार्यालय पाल्पा र जिल्ला खोप समन्वय समितिले नगरका सबै बालबालिकाले खोप पुरा गरेकोले नगरलाई पुणर् खोप सुनिश्चितता घोषणा गरेको हो । नियमित खोप लगाउने बालबालिकाकाले नियमित लगाउदै आएको र बिचमा विविध कारण छुट्न पुगेकालाई खोप दिए संगै नगरपालिकालाई बुधबार जिल्ला स्वास्थ्य कार्यालयले पुणर् खोप सुनिश्चिता घोषणा गरेको हो ।
२ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पुणर् खोप युक्त पालिका घोषणा भई शुरु भएकोमा रामपुर नगपालिका बुधबार पुणर्खोप सुनिश्चित भएसँगै जिल्लाका सबै पालिका पुणर् खोप युक्त घोषणा भएका छन् ।
रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले नगरपालिकालाई पुणर् खोपको प्रमाण पत्र हस्तान्तरण गरेको छ । समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिब तथा जनस्वास्थ्य प्रमुख डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डित र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूणर्खोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गर्नुभयो । सर्वेक्षण र नजिता ल्याउने १० वटै वडालाई समेत प्रमाणपत्र प्रदान गरिएको छ ।
समन्वय समितिका प्रमुख टंकनाथ खनालले रामपुर नगरलाई पूणर्खोप सुनिश्चितता पालिका घोषणा गर्दै उहाँले बच्चाको प्रतिरोध क्षमता बढाउन खोप महत्वपुणर् र अनिवार्य भएको बताउनुभयो । खोप नपाएका बच्चाको दाजोमा खोप पुरा भएका बच्चा बढी स्वस्थ, तेजिलो र अब्बल सिकाई हुने भन्दै खनालले स्वाथ्य र शिक्षामा स्थानीय तहले लगानी बढाउनुपर्ने बताउनुभयो । विश्वमा ३० रोग विरुद्धको खोप लगाइन्छ,नेपालमा लगाइने १३ खोप बच्चाले समयमा नै पुरा गर्न सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्ने उहाँले आग्रह गर्नुुभयो ।
रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले भौतिक विकास भन्दा मानव विकास महत्वपुणर् रहेको स्मरण गर्दै दिर्घकालिन विकासका लागि नगरले स्वास्थ्य र शिक्षामा लगानी बढाउदै लगेको बताउनुभयो । पूणर् खोप सुनिश्चिचताको प्रमाणपत्र मात्र ठुलो होइन थापाले भन्नुभयो-पुणर् खोपको स्थायित्व महत्वपुणर् हो । बालबालिकामा खोपको औचित्य महत्वपुणर् रहेकोले निरन्तर जिम्मेवारी बहन गर्न अनुरोध गर्दै खट्ने महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।
उपप्रमुख बालकुमारी थापाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पूणर् खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नु पर्ने मा जोड दिनुभयो ।
खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूणर्खोप सुनिश्चित जिल्ला घोषणा गरेको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्ष सम्म पूणर् खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताउनुभयो । उहाँले अब प्रदेशले पाल्पा जिल्लालाई पुणर् खोप युक्त जिल्ला घोषणा गर्ने बताउनुभयो ।
रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले १० वटै वडामा चैत २ देखि चैत २९ गतेसम्म गरिएको सर्वेक्षणमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ देखि ५९ महिना सम्ममा २ हजार १ सय ४० जना खोप लगाउनु पर्ने उमेर समुहका बालबालिकाले खोप पुरा गरेकोले रामपुर नगरपालिकालाई पुणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताउनुभयो । सबै वडामा खोज र खोप अभियान सञ्चालन गर्दा रामपुर १ का एकजना बालिका नियमित खोप लगाउन छुटेको पाईएको र नियमित खोपमा आइसकेको उहाँले बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख तथा पुणर् खोप नगर समन्वय समिति संयोजक रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो ।
सोही अबसरमा नगरभित्रका १६ वटा स्वास्थ्य संस्था मध्ये गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । विभिन्न ८ इन्डिकेटर पुरा गर्दै किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था बनेकोले घोषणा गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताउनुभयो । यसैबिच उमेरहदका कारण अवकाश प्राप्त दर्छा स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण प्रसाद वाग्लेलाई कार्यक्रमका अबसरमा पाल्पाली करुवा, दोसल्ला सम्मानपत्र सहित विदाई गरेको छ ।