2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिका पूणर् खोप सुनिश्चितता भएसँगै पाल्पाका सबै पालिका पुणर् खोप घोषणा

रामपुर नगरपालिका पूणर् खोप सुनिश्चितता भएसँगै पाल्पाका सबै पालिका पुणर् खोप घोषणा


Sabalnews प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१ २०८१
673

पाल्पा ।

रामपुर नगरपालिकाका सबै बालबालिकाले खोप पुरा गरेको सुनिश्चित सँगै पाल्पाको रामपुर नगरपालिका पुणर् खोप युक्त पालिका घोषणा भएको हो ।

जिल्ला जनस्वाथ्य कार्यालय पाल्पा र जिल्ला खोप समन्वय समितिले नगरका सबै बालबालिकाले खोप पुरा गरेकोले नगरलाई पुणर् खोप सुनिश्चितता घोषणा गरेको हो । नियमित खोप लगाउने बालबालिकाकाले नियमित लगाउदै आएको र बिचमा विविध कारण छुट्न पुगेकालाई खोप दिए संगै नगरपालिकालाई बुधबार जिल्ला स्वास्थ्य कार्यालयले पुणर् खोप सुनिश्चिता घोषणा गरेको हो ।
२ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पुणर् खोप युक्त पालिका घोषणा भई शुरु भएकोमा रामपुर नगपालिका बुधबार पुणर्खोप सुनिश्चित भएसँगै जिल्लाका सबै पालिका पुणर् खोप युक्त घोषणा भएका छन् ।

रामपुर नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले नगरपालिकालाई पुणर् खोपको प्रमाण पत्र हस्तान्तरण गरेको छ । समन्वय समितिका संयोजक टंकनाथ खनाल, समितिका सदस्य सचिब तथा जनस्वास्थ्य प्रमुख डा .राजेन्द्र कुमार गिरीले रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डित र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूणर्खोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गर्नुभयो । सर्वेक्षण र नजिता ल्याउने १० वटै वडालाई समेत प्रमाणपत्र प्रदान गरिएको छ ।

समन्वय समितिका प्रमुख टंकनाथ खनालले रामपुर नगरलाई पूणर्खोप सुनिश्चितता पालिका घोषणा गर्दै उहाँले बच्चाको प्रतिरोध क्षमता बढाउन खोप महत्वपुणर् र अनिवार्य भएको बताउनुभयो । खोप नपाएका बच्चाको दाजोमा खोप पुरा भएका बच्चा बढी स्वस्थ, तेजिलो र अब्बल सिकाई हुने भन्दै खनालले स्वाथ्य र शिक्षामा स्थानीय तहले लगानी बढाउनुपर्ने बताउनुभयो । विश्वमा ३० रोग विरुद्धको खोप लगाइन्छ,नेपालमा लगाइने १३ खोप बच्चाले समयमा नै पुरा गर्न सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्ने उहाँले आग्रह गर्नुुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले भौतिक विकास भन्दा मानव विकास महत्वपुणर् रहेको स्मरण गर्दै दिर्घकालिन विकासका लागि नगरले स्वास्थ्य र शिक्षामा लगानी बढाउदै लगेको बताउनुभयो । पूणर् खोप सुनिश्चिचताको प्रमाणपत्र मात्र ठुलो होइन थापाले भन्नुभयो-पुणर् खोपको स्थायित्व महत्वपुणर् हो । बालबालिकामा खोपको औचित्य महत्वपुणर् रहेकोले निरन्तर जिम्मेवारी बहन गर्न अनुरोध गर्दै खट्ने  महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।

उपप्रमुख बालकुमारी थापाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पूणर् खोप पाउनु बालबालिकाको अधिकार भएकाले सुनिश्चितताका लागि सबै जना सहकार्य गर्दै लाग्नु पर्ने मा जोड दिनुभयो ।

खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूणर्खोप सुनिश्चित जिल्ला घोषणा गरेको र संघियता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्ष सम्म पूणर् खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताउनुभयो । उहाँले अब प्रदेशले पाल्पा जिल्लालाई पुणर् खोप युक्त जिल्ला घोषणा गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले १० वटै वडामा चैत २ देखि चैत २९ गतेसम्म गरिएको सर्वेक्षणमा जन्मदेखि १५ महिना सम्मका ६ सय ८ र १६ देखि ५९ महिना सम्ममा २ हजार १ सय ४० जना खोप लगाउनु पर्ने उमेर समुहका बालबालिकाले खोप पुरा गरेकोले रामपुर नगरपालिकालाई पुणर् खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताउनुभयो । सबै वडामा खोज र खोप अभियान सञ्चालन गर्दा रामपुर १ का एकजना बालिका नियमित खोप लगाउन छुटेको पाईएको र नियमित खोपमा आइसकेको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख तथा पुणर् खोप नगर समन्वय समिति संयोजक रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखको सञ्चालनमा भएको हो ।

सोही अबसरमा नगरभित्रका १६ वटा स्वास्थ्य संस्था मध्ये गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । विभिन्न ८ इन्डिकेटर पुरा गर्दै किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था बनेकोले घोषणा गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताउनुभयो । यसैबिच उमेरहदका कारण अवकाश प्राप्त दर्छा स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण प्रसाद वाग्लेलाई कार्यक्रमका अबसरमा पाल्पाली करुवा, दोसल्ला सम्मानपत्र सहित विदाई गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com