2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमको सुझाव माग

रामपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमको सुझाव माग


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ३० २०८१
1.5K

पाल्पा ।

यतिबेला स्थानीय तहमा आगामी आबका लाग निति कार्यक्रम निर्माणको समय हो । आर्थिक बर्ष २०८१/०८२ का लागि स्थानीय तहले पालिका र सो पालिकाका सरोकारवाला संस्था, व्यक्तिसँग सुझाब मागिरहेको छ । यस्तै, पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरु संग छलफल सहित सुझाव संकलन गरेको छ । नगरपालिकाले बुधबार सल्लाहाकार संग नीति तथा कार्यक्रमका लागि छलफल सुझाव संकलन गरेको हो ।

सहभागीले छलफलका बखत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड दिनु पर्ने बताएका छन् । स्वरोजगार र आर्थिक समृद्धिका लागि नगरको पर्यटन क्षेत्रको पहिचान संगै विस्तार र विकासमा जोड दिन सुझाएका हुन् । पहाडी जिल्ला पाल्पा र भौगोलिक दृष्टिले अब्बल रामपुरमा दिगो विकास र समृद्धिको आधार नै कृषि र पर्यटन रहेको उनीहरुले बताए ।

छलफल कार्यक्रममा सहभागीता जनाउदै रामपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नगर सल्लाहकार विष्णुदेवी घिमिरे आचार्यले पर्यटन लगाएत अन्य व्यवसायको प्रवर्द्धन गर्ने नीति अबलम्बन गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले धार्मिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको विकास संगै पर्यटन प्रवर्द्धन गर्नुपर्ने उहाँले बताउनुभयो । सल्लाहाकार तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णुमाया ढकालले पर्यटनको विकास संगै राजश्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । साथै विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारिक बनाई समयसापेक्ष शिक्षा नीति लागु गर्न आग्रह गर्नुभयो ।

रामपुर वडा नं.१ का निवर्तमान वडाअध्यक्ष मित्रलाल कंडेलले दिगो विकास र आवश्यकताको पहिचान गरेर अगाडी बढ्न आग्रह गर्दै वातावरण अनुसारको कृषि खेति प्रणाली लागु गर्न आवश्यक रहेको बताउनभयो । वडा नं.३ का पुर्वअध्यक्ष दिनेश कुमार खनालले कृषिमा आधुनिकिकरणको नीति अबलम्बन गर्न सुझाब दिनुभयो । वडा नं.५ का निवर्तमान अध्यक्ष हिमाल मल्लले रोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । वडा नं. ८ का निवर्तमान वडाध्यक्ष बोम बहादुर नामजालीले रामपुरको महिमालाई जोड दिदै पर्यटन प्रवर्द्धनको नीति लागु गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै वडा नं.१० का निवर्तमान अध्यक्ष लिल बहादुर गाहाले पहुँच मार्गलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्न सुझाउनु भएको छ ।

यसैगरी रामपुर नगरपालिकाका सल्लाहाकार फणेश्वर गौतमले नगरको विकासका लागी तिनै तहको सरकारविच समन्यव गर्दै कृषि र पर्यटनको विकास गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै नगर सल्लहाकार राम प्रसाद गैरेले आर्थिक समृद्धि संगै आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको छ ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भए उपलब्धि हासिल हुने भन्दै आवश्यकता अनुसार संकलित सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले रामपुर नगरपालिकाको आर्थिक समृद्धि ,रोजगारी सिर्जना, कृषि र पर्यटनको विकास संगै समुचित विकास गर्ने नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको थियो । नगरपालिकाको कार्यालयमा भएको छलफल तथा सुझाव संकलन कार्यक्रममा नगरपालिकाका सल्लहाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com