2

Logo २०८३ बैशाख १४ सोमबार
प्रदेशमै पहिलो शुद्धोधनद्दारा अनलाइन प्रणालीबाट सेवा शुभारम्भ

प्रदेशमै पहिलो शुद्धोधनद्दारा अनलाइन प्रणालीबाट सेवा शुभारम्भ


Sabalnews प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५ २०८१
673

रुपन्देही ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मानपकडीको आयोजनामा ई-सिफारिस, न्यायिक व्यवस्थापन प्रणाली र गाउँपालिकाको प्रतीक चिन्ह शुभारम्भ गरेको छ।

लुम्बिनी प्रदेशमै पहिलो शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने कार्यको शुभारम्भ भएको छ।धेरै समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको समस्यबाट मुक्त हुने बाटो बिहीबारदेखि खुलेको छ।शुद्बोधन गाउँपालिकामा अब घरै बसेर गाउँ पालिकाका सबै सेवा लिन सकिने भएको छ । अब कुनै कामका लागी वडा कार्यालय र गाउपालिका पुगेर लाइन बस्नु पर्ने बाध्यता हटेको छ।

गाउँपालिकाले सेवाग्राहीको सहजीकरणको लागि स्मार्ट मोबाईल एप्स नामकबाट सर्वसाधारणलाई ‘अनलाइन’ सेवा प्रदान गर्ने भएको छ।सेवालाई सहजीकरण गर्न लागू गरिएको एपको प्रयोग गर्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष ,वडाका अध्यक्ष वडा सचिव र कर्मचारीलाई प्रारम्भिक चरणको तालिम समेत प्रदान गरिएको छ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले लुम्बिनी प्रदेशमै पहिलोपटक शुद्धोधन गाउँपालिकाले अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने कार्यको शुभारम्भ भएकोमा पालिकाका सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी हरलाई धन्यवाद तथा शुभकामना दिदै ।बाट नया कामको सुरुवात भयको भन्दै सेवा घरमै बसेर लिन गाउपालिका बासिलाइ आग्रह गर्नु भयो ।

शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यालयमा एकीकृत डिजिटल प्रणाली सेवा प्रवाह तथा इ-सिफारिस सेवाले हाल भैरहेको ढिलासुस्तीको अन्त्य गर्ने र सो पालिकावासीलाई अधिकतम् सेवा सहज रूपमा प्रदान गर्न डिजिटल सेवाकाे शुभारम्भ गरिएको बताउनुभयो ।

शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जनतामा सेवा प्रवाह गर्ने कर्मचारी तथा जनप्रतिनिधि हरु प्रविधिलाई अघाल्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com