2

Logo २०८३ बैशाख १४ सोमबार
माथागढीमा सेनेटरी प्याड बनाउने तालिम चल्दै

माथागढीमा सेनेटरी प्याड बनाउने तालिम चल्दै


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ २३ २०८१
2.4K

पाल्पा ।

सेनेटरी प्याड बनाउने तालिम पाल्पाको माथागढी गाउँपालिकामा सकिएको छ ।

गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले किशोरी अवस्थामा रजस्वला भएपछि आवश्यक हुने प्याड, अनि प्याड बनाउने तालिममा धेरै किशोरीको सहभागिता हुँदा खुसी लागेको बताउनुभयो। ‘महिनावारी प्राकृतिक हुने कुरा हो, यसमा लजाउनुपर्ने कुनै विषय छैन, उहाँले भन्नुभयो-आमाहरूले जस्तो पनि कपडा प्रयोग गर्नुभयो, अब हामी सफा र स्वस्थ हुनुपर्छ ।

अहिलेका किशोरीहरू सचेत छन् र आफैका लागि आफैले सेनिटरी प्याड बनाउने तालिममा किशोरीहरूको उत्साहजनक उपस्थितिले आफुलाई निकै खुसी बनाएको अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले किशोरीहरूको स्वास्थ्य संवेदनशील हुने भएकाले बेलैमा सचेतनाका लागि पनि तालिमको आयोजना गरिएको बताउनुभयो । घिमिरेले गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष महत्त्व दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

माथागढी गाउँपालिकाले आयोजना गरेको १० दिने तालिम चलेको हो । तालिममा गाउँपालिकाका २६ जना महिलाको सहभागिता छ । कपडाको सेनिटरी प्याड बनाउने तालिमको प्रशिक्षण सहजकर्ता लिला खाम्चाले गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com