2

Logo २०८३ बैशाख १३ आइतबार
लैङ्गिक समावेशीकरण बजेटका लागि तानसेनमा कार्यशाला

लैङ्गिक समावेशीकरण बजेटका लागि तानसेनमा कार्यशाला


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ १६ २०८१
1.7K

पाल्पा ।

तानसेन नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण कार्यक्रम निर्माण गर्न लुम्बिनीमा कार्यशाला गरेकाे छ । बजेट निर्माणमा जुटेकाे तानसेनले नीति तथा कार्यक्रममै समावेशीकरणलाइ ध्यानदिन कार्यक्रम गरेकाे हाे ।

सामाजिक मैत्री कार्यक्रम ढाँचा निर्माण कार्यशालामा बाेल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले सबै तह र क्षेत्रका नागरिकहरूले अनुभूती गर्नेगरि नीति तथा कार्यक्रम निर्माण गरिने बताउनुभयो । हामी विज्ञ सहित कार्यशालामा अभ्यास गरेर प्राथमिकीरण तथा काेडिङ सहित क्षेत्रगत रूपमा कार्यक्रमहरू निर्माण गर्नेछाैं । हरेक याेजनामा जेसी दृष्टिकाेणलाइ पनि प्राथमिकताका साथ हेर्नेछाैं ।

साेही कार्यक्रममा बाेल्दै नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले हरेक वर्ग र क्षेत्रका व्यक्तिहरूलाइ अपनत्वबाेध हुने गरि कार्यक्रम निर्माण गर्ने बताउनुभयो ।

महिला, दलित, आदिबासी लगायत हरेक वञ्चितिकरणमा परेका समूहहरूसँगकाे सहकार्य तथा समन्वयमा याेजनाहरू सञ्चालन हुने बताउँदै उपप्रमुख सिंजालीले समावेशीकरणले विदेभ नभइ सकारात्मक विभेदकाे सिद्दान्तलाइ अगाडी सार्ने गरेकाे बताउनुुुभयो ।

विश्व शान्तिकाे मुहान लुम्बिनीमा गरिएकाे एक दिने कार्यशालाकाे जेशी विज्ञ मिग्मा ताम्राकारले गर्नुभएको हो । उहाँले बजेट नीति व्यवस्थापन, विकास, सामाजिक सम्बन्ध, सेवाप्रवाह, नियन्त्रण, पारदर्शिता, प्रक्षेपण, सामाजिक न्याय र भविष्यको आशा एवं सुरक्षा प्रत्याभूत गराउने विधि बन्नुपर्ने बताउनुभयो ।

आर्थिक, सामाजिक र सांस्कृतिक लाभका दृष्टिमा पछि परेका वर्ग तथा सम्प्रदायलाई बजेट तथा कार्यक्रमका माध्यमबाट अवसर उपलब्ध गराउन सामाजिक समावेशितामुखी बजेट निर्माण गर्न कार्यशाला गरिएकाे दि एशिया फाउन्डेसनका लुम्बिनी प्रदेश संयाेजक चुरामणी पाेखरेलले बताउनुुुभयो।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) लाई सामाजिक न्याय हेर्ने संयन्त्रको रूपमा लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com