2

Logo २०८३ बैशाख १३ आइतबार
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमान बजेट ल्याउदै

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमान बजेट ल्याउदै


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
1.1K

काठमाडौं ।

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट सार्वजनिक गर्दैछ। त्यसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ।

अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बार्षिक बजेट प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ  ।चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो।केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम अघि सारिएको छ।

गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com