सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को वार्षिक अनुमान बजेट ल्याउदै
काठमाडौं ।
सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट सार्वजनिक गर्दैछ। त्यसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट पारित गर्नेछ।
अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बार्षिक बजेट प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ ।चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो।केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम अघि सारिएको छ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने बताइएको छ ।