2

Logo २०८३ बैशाख १३ आइतबार
मूना मेमोरियल ट्रष्टको वार्षिकी एबं छात्रवृति प्रदान

मूना मेमोरियल ट्रष्टको वार्षिकी एबं छात्रवृति प्रदान


उपेन्द्र अधिकारी प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
1.8K

पाल्पा ।

मूना मेमोरियल ट्रष्ट रामपुर नगपालिका १० को सामुदायिक भवनमा १४ औं मूना अधिकारी पौड्याल स्मृति समारोह सम्पन्न भएको छ । मुना अधिकारी पौड्यालको निधनको स्मृतिमा ट्रष्टले विगतदेखि सामाजिक र सहकार्य काम गर्दै आएको छ ।

उहाँको निधनको बार्षिकीको अबसरमा आयोजित कार्यक्रममा तथा जनकल्याण मावि रामटारबाट २०८० सालको एसइई मा उत्कृष्ट नम्बर ल्याउने छात्रा सविता पाठकलाई प्रशंसापत्र द्वारा सम्मान र नगद पुरस्कार प्रदान गरिएको छ ।

ट्रष्टका अध्यक्ष जनार्दन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष अधिकारीले सामाजिक मनोभावनाकी खानी मुना अधिकारीको निधनप्रति शोक र उहाँको सम्झना स्वरुप अधिकारी परिवारले मुना मेमोरियल ट्रष्ट स्थापना गरि सामाजिक काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले ट्रष्टको छात्रवृति कार्यक्रमले विद्यार्थीलाई हौसला दिएको बताउनुभयो । उहाँले मूना दिदीको जीवनी सुनेर र उहाँको उच्च सोचको रहेकोले बहुउपयोगी रुपमा रहेको भवन अगाडिको प्राङ्गण निर्माण तथा मर्मतमा नगरले आगामी बर्ष वजेट विनियोजन गर्ने बताउनुभयो ।

सोही अबसरमा रामपुर १० का वडा सदस्य पिताम्वर ओस्ति,जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, विद्यालयका प्रधानध्यापक आनन्द भण्डारी, पूर्व शिक्षक बाबुराम तिमल्सिना, शोभाकान्त भण्डारी, समाजसेवी नोलराज भण्डारी, जगन्नाथ तिमिल्सिना, रामकृष्ण भण्डारी, ज्ञानप्रसाद भण्डारी, दुर्गा भण्डारी, पार्वती न्यौपाने लगायतले एउटा निजि संस्थाले सामुदायिक काममा खेलेको भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।

पुरस्कृत विद्यार्थी सविता पाठक र अविभावक माया पाठकले मूना मेमोरियल ट्रष्टको योगदानको चर्चा गर्दै हौसला बढाउने काम गरेकोले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ट्रष्टकी सदस्य सावित्रा अधिकारीको स्वागत मन्तव्य र सचिव उपेन्द्र अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा ट्रष्ट केवल वार्षिक कार्यक्रम र छात्रवृति कार्यक्रममा मात्र सिमित नभै साहित्य,कला,सस्कृति र स्वास्थ्यकासहित अन्य सामाजिक काम गर्दै आएको र भावि योजना प्रस्तुत गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com