2

Logo २०८३ बैशाख १३ आइतबार
मुस्ताङका डिएसपी पाण्डे सम्मानित

मुस्ताङका डिएसपी पाण्डे सम्मानित


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
1.1K

मुस्ताङ  ।

उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय सहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरु मध्य प्रनाउ पाण्डेय सहित ३ जना प्रहरी अधिकृत गणतन्त्र दिवसको अबसरमा आयोजित समारोहमा माननीय गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणपत्र सहित नगदले सम्मान गर्नुभएको हो ।

बिपद ब्यबस्थापन र शान्ति सुरक्षा ब्यबस्थापनमा उत्कृष्ट कार्य गरे बापत सुरक्षा निकाय अन्तरगत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा घोषणा गरेको पुरस्कार आज गणतन्त्र दिवसको अबसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख भट्टले मुस्ताङका प्रनाउ पाण्डेय, पोखरा स्थित तालिम केन्द्रमा कार्यरत प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा नगद पुरस्कार सहित सम्मानित हुनुभएको हो ।

उत्तरी चिनसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा विगत ८ महिनादेखि प्रनाउ पाण्डे कार्यरत रहदै आउनुभएको छ । धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षा तथा समाजमा हुने बिकृति बिसंगति न्यूनीकरण गर्न टोलटोल, विद्यालय र समुदायमा सचेतना कार्यक्रम संचालन गर्दै अहोरात्र खटिदै उत्कृष्ट योगदान पुर्याए वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्च सम्मान गरेको हो ।

गुल्मीको रेसुङगा तम्घासका स्थायी बासिन्दा प्रनाउ पाण्डेयले जिल्लाका नागरिकलाई विभिन्न सामाजिक अपराध,लैङ्गिक हिंसा,लागु औषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दै आउनुभएको छ । बिशेष गरी सीमानाकामा हुँने चोरी सिकारी, अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदै आउनुभएको छ ।

साहित्य तथा गीत लेखनमा समेत रुचि राख्ने प्रनाउ पाण्डेयको प्रहरी सम्बन्धी गीत सँगै विभिन्न सन्देशमुलक गीत बजारमा आएका छन् । मुस्ताङ बसाइको ८ महिनामा मुस्ताङको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले करिब आधा दर्जन बढि लेख समेत विभिन्न अनलाईन, पत्रपत्रिकामा प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com