2

Logo २०८३ बैशाख १४ सोमबार
आज गणतन्त्र दिवस, अझ सस्थागत हुन सकेन जनताको गणतन्त्र

आज गणतन्त्र दिवस, अझ सस्थागत हुन सकेन जनताको गणतन्त्र


Sabalnews प्रकाशित मिति : मंगलबार, जेष्ठ १५ २०८१
785

काठमाडौं ।

हाम्रा पाठक, शुभचिन्तक तथा सम्पुर्ण नेपालीहरुमा गणतन्त्र दिवसको शुभकामना….

नेपालमा गणतन्त्र आएको डेढ दशक बढी भईसकेको छ। त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। वि.सं. २०४७ सालबाट नेपाल संवैधानिक राजतन्त्रात्मक देश कायम भयो। लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२(६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आए सँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो।

जनताको ०६२/०६३ को जनआन्दोलनको जगले वि.सं.२०६५ साल जेठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्‍यो। त्यसपछिको संविधान सभाले डा.रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो।

वि.सं.२०७२ सालमा जारी भएको नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।

प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र हुँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भैइसक्दा समेत नागरिकले स्थापित गर्न खोजेको जस्तो स्थायी हुन सकेको छैन । बहुमतको अभाव र पार्टीबिचका नेताहरुको किचलोले विकास र समृद्धि तर्फ देश जान सकेको छैन । यसको असर बिकास निर्माण देखि जनताको जिवनस्तर सम्म जोडिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com