पाल्पाको बगनासकाली पुर्ण खाेप तथा पुर्ण संस्थागत प्रसुतिसेवा युक्त घोषणा
पाल्पा ।
बगनासकाली गाउँ पालिकालाई एक कार्यक्रमका बिच पुर्ण खाेप तथा पुर्ण संस्थागत प्रसुतिसेवा युत्त स्थानीय तह घाेषणा गरेको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले न्युनतम सुचकहरु बगनासकाली गाउँ पालिकाले पुरागरेकाे हुदा प्रमाणपत्र प्रदान गर्नुभएको हो।
कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री रत्न बहादुर खत्रीले गम्भीर मानव स्वास्थ र मातृ मृत्युुदर लुम्बिनी प्रदेशमा बढि भएकाे बताउदै १ लाख बच्चालाई आमाहरु जन्म दिदै गर्दा २०७ जना आमाहरुले ज्यान गुमाउनुपर्ने अबस्था रहेको बताउनुभयो ।
प्रदेश भित्रका उप महानगरपालिका नगरपालिकाले गर्न नसकेको कार्य वगनासकालीले गर्न सकेकोमा धन्यवाद दिदै उच्च मनाेवलका साथ काम गर्न सबैलाई अनुरोध गर्नुभयो । साथै मन्त्री खत्रीले २५० जना विद्यार्थी भएको विद्यालयमा एक जना स्वास्थ कार्मी पठाउने व्यवस्था भएको समेत बताउनुभयो । विद्यार्थी कमी भएका बिधालयहरु मर्च गरि अगाडि बढनु पर्नेमा जोड दिनुभयो।
सामाजिक बिकास मन्त्री खत्रीले “मेराे विद्यालय र मेराे जिम्मेवारी” साथ सबैलाई एक-पटक आफ्नो ठाउँमा फर्कन अनुरोध समेत गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका बरिस्ठ जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरी, निवर्तमान पालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल लगायतका वत्ताहरुले घाेषणा पश्चात् दिगाेपनाका लागि कार्य याेजना बनाई अगाडि बढ्न अनुरोध गर्नुभयो। वगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले स्वागत गर्दै १ हजार १ सय ३७ जना बालबालिकाहरुले सेवा लिएको जानकारी गराउदै सबै सुचकहरु पुरागरि घाेषणा गर्न लागिएको बताउनुभयो ।
सिनियर अहेब नाेद प्रसाद बस्यालले स्वास्थ्य शाखाले तयार गरेको प्रतिबेदन प्रस्तुत गर्दै बर्तमान अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ६० बर्ष उमेर पुगेका ११ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गर्नुका साथै बिदाई गरिएको थियोे ।
स्वास्थकर्मी र ग्राम्य मा बिका विद्यार्थीहरुले गित र नृत्य समेत प्रस्तुत गरेका थिय। कार्यक्रमका अबसरमा स्वास्थ्य चाैकिहरुलाई वडागत प्रमाणपत्र बितरण गरिएको थियो ।स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीकाेे संचालन तथा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीकाे अध्यक्षतामा कार्यक्रम भएको हो।